वालिङमा डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालीम सम्पन्न

0
284
Google search engine

वालिङ, ३० कार्तिक ।
स्याङ्जाको वालिङमा गरिएको २१ दिने डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालीम सम्पन्न भएको छ । जर्मनीमा आधारित डेटा साइन्स र कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ गौरव तिवारीले वालिङमा सञ्चालन गर्नुभएको “Empowering Women and Young Girls through Digital Skills, Cyber Security, and Financial Literacy” तालीम शुक्रबार सम्पन्न भएको हो । GIZ MEG Diaspora Expert Program अन्तर्गत आयोजित यो तालिम २४ अक्टोबरदेखि १४ नोभेम्बरसम्म गरिएको हो ।

Google search engine


वालिङ नगरपालिकाको सहकार्यमा गरिएको उक्त तालीममा डिजिटल साक्षरता, इन्टरनेट सुरक्षा, पासवर्ड तथा डाटा संरक्षण, वित्तीय योजना, डिजिटल उपकरणहरूको सुरक्षित प्रयोग, साथै कृत्रिम बुद्धिमत्ता (AI) मार्फत सिकाइ र उत्पादकता बढाउने जस्ता विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
तालीमका मुख्य प्रशिक्षक तथा डायस्परा एक्सपर्ट तिवारीले आँफुले जर्मनीमा आर्जेको सिप आफ्नै जन्मथलामो आएर सिकाउन पाउदा खुशी लागेको बताउनुभयो । साथै उहाँले यो तालीम ग्रामीण क्षेत्रका विद्यार्थी, विशेषगरी युवतीहरूलाई आत्मविश्वासी र प्रविधिमा सक्षम बनाउने उद्देश्य सहित सञ्चालन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशका लागि केही योगदान गर्ने मेरो लामो सोच थियो, यस कार्यक्रमले त्यसलाई साकार बनायो, भविष्यमा सफ्टवेयर इन्जिनियर र डेटा साइन्स क्षेत्रमा करियर खोज्ने युवतीहरूलाई पढाउने अवसर पाउनु निकै सन्तोषजनक रह्यो ।” ग्रामीण क्षेत्रका युवाहरूलाई विश्वस्तरको डिजिटल ज्ञान आवश्यक छ। यस्तो तालिमले उनीहरूमा आत्मविश्वास र अवसर खोज्ने क्षमता दुवैको विकास गर्ने विश्वास उहाँको छ ।


तालीममा सहभागीहरूले डिजिटल समावेशीकरण, प्रविधिमा पहुँच र महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई निरन्तर प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त तालीम यो वर्ष वालिङ नगरपालिकामा मात्रै सञ्चालन भएको भए पनि स्थानीय तहको माग तथा समुदायको उत्साहका आधारमा भविष्यमा अन्य क्षेत्रमा पनि विस्तार गर्ने सम्भावना रहेको आयोजकहरूले बताएका छन्। तिवारी वालिङ नगरपालिका–१४ नागरिक हुनुहुन्छ भने पछिल्ला वर्षहरू जर्मनीमा डेटा साइन्स तथा कृत्रिम बुद्धिमत्ताको अध्ययन तथा अभ्यासमा संलग्न हुनुहुन्छ ।

Google search engine