गौशालाको सहयोगार्थ वालिङमा ईन्द्रेणी बृहत सांस्कृतिक कार्यक्रम हुने

0
169
Google search engine

वालिङ, २९ कात्तिक ।

Google search engine

स्याङ्जाको वालिङ ८ काफलडाँडामा अवस्थित धुनी शिवालय फूलबारी गुठि गौशाला आश्रमको सहयोगार्थ वालिङमा ईन्द्रेणी बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
रारा ईलेक्ट्रिकल टेडिङ एण्ड कन्ट्राक्टिङ दोहा कतारका सञ्चालक एवम् समाजसेवी नारायण शर्मा तथा उहाँको परिवारको मुख्य प्रायोजनमा मङ्सिर १२ गते आयोजना हुने सांस्कृतिक कार्यक्रमको आयोजकमा श्री धुनी शिवालय फूलबारी गुठि गौशाला आश्रम रहेको छ भने सहआयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा रहेको छ ।
गौ संरक्षण गर्ने मुख्य उद्देश्यले स्थापित गौशाला सञ्चालनकालागि स्वतःफूर्तरुपमा रकम सङ्कलन गरिने गौशालाका संरक्षक दिलीपप्रताप खाँणले बताउनुभयो ।
“गौशाला सञ्चालनकालागि अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित यसअघि महायज्ञ गरेका थियौं” उहाँले भन्नुभयो, “उक्त महायज्ञमा एक करोड रकम सङ्कलन गरी अक्षयकोष स्थापना गर्ने सङ्कल्प गरेका थियौं केही रकम पुगेको छैन, हामी पूरा गरेर अक्षयकोष स्थापना गरेरै छाड्छौं ।”
अहिले पनि दाताहरुले स्वतःफूर्तरुपमा गौशालालाई सहयोग गरिरहनुभएकोले एक करोडको नजिक नजिक पुगिएको र यस सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रकमलाई पनि अक्षयकोषकै खातामा जम्मा गरी कोष वृद्धि गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रमबाट स्वेच्छिक तथा स्वतःफूर्तरुपमा सङ्कलन भएको रकमलाई पनि अक्षयकोषकोरुपमा राखेर सोहीमार्फत गौशाला सञ्चालन गरिने उहाँले बताउनुभयो ।

oppo_2

गौमाताहरुको दीगो ब्यवस्थापनकालागि महायज्ञ आयोजना गरी सङ्कलन गरिएको रकममा यस सांस्कृतिक कार्यक्रममार्फत सहयोग प्राप्त हुने र लक्ष्य अनुसार अक्षयकोष स्थापना गर्न सकिने गौशालाका संरक्षक एवम् भागवतालंकार प. नेत्रप्रसाद पराजुलीले बताउनुभयो ।
काफलडाँडामा सञ्चालनमा आएको गौशालालाई थप ब्यवस्थित गर्दै गौमाताको संरक्षण गर्ने उद्देश्यसहित यसअघि आयोजना गरिएको महायज्ञबाट झण्डै ८४ लाख रकम सङ्कलन गरिएको थियो ।
गौशालाको दीगो ब्यवस्थापनकालागि यसअघि महायज्ञबाट सङ्कलित रकममा सांस्कृतिक कार्यक्रममार्फत रकम वृद्धि हुने अपेक्षा मुख्य प्रायोजक संस्थाका सञ्चालक एवम् समाजसेवी नारायण शर्माको छ । उक्त दिन वालिङ खेलमैदानमा उपस्थित भई ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको साङ्गीतिक प्रस्तुतिमा मनोरञ्जन लिन पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

oppo_2

ईन्द्रेणी बृहत सांस्कृतिक कार्यक्रममा कृष्ण कडेलसहित ईन्द्रेणी टिम, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, रामजी खाँण, घनश्याम रिजाल, माया गुरुङको प्रस्तुति रहने छ ।
यही मङ्सिर १२ गते वालिङ खेलमैदानमा हुने सांस्कृतिक कार्यक्रमकालागि आवश्यक तयारी थालिएको संस्थाका अध्यक्ष कमलप्रसाद सुवेदीले बताउनुभयो । गौमाताकारुपमा गाईलाई लिईएतापनि ब्यवहारिकरुपमा संरक्षणमा चासो नदिंदा गाईको महत्व घट्दै गएको हो ।

Google search engine