चाडपर्व सभ्य रुपमा मनाउन जिल्ला प्रशासन स्याङ्जाको अनुरोध

0
168
Google search engine

वालिङ, ७ असोज ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपालीहरुको मुख्य चाडपर्वहरु दशैँ, तिहार, नेपाल संवत र छठ पर्वहरु सभ्य रुपमा मनाउन आग्रह गरेको छ । नजिकिँदै गरेका यस्ता पर्वहरु मनाउँदा प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी मनाउन आग्रह गरेको हो ।
कसैका इच्छा र चाहान विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानुन विपरित कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुसीयाली पुर्वक मनाउन प्रशासनले एक शुभकामना तथा सन्देश पत्र मार्फत यस्तो अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा जारी सन्देशपत्रमा चाडपर्वमा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा एकआपसमा भाईचारा र आत्मियता अभिवृद्धि तथा आ–आफ्नो संस्कृतिको संरक्षण हुने गरी अरुको धर्मसंस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपुर्ण तरिकाले मनाउन भनिएको छ ।
त्यस्तै नाँचगानलगायतका कार्यक्रम गर्दा जनजिवन एवं आवातजावातलाई असर नपर्ने गरी मर्यादित एवं अनुशासित रुपमा रातिको १० वजे सम्म मात्रै सञ्चालन गर्न पाईने भनिएको छ । दिपावलीको अवसरमा विजुली तथा मैनबत्ति जस्ता सामाग्रीहरुको प्रयोग सावधानिपुर्वक गर्न, सार्वजानिक स्थलमा माधकपदार्थ सेवन गरी होहल्ला गर्ने झैझगडा गर्ने तथा भिडभाड हुलहुज्जत जन्य गतिविधि नर्गन, सवारी साधनहरुको छतमा बस्ने झुण्डिएर यात्रा नगर्न नगराउन तथा विभिन्न बहाना बनाई लामो छोटो दुरीका भाडाका सवारी साधनहरुले यात्रुसंग बढी पैसा असुल नर्गन, क्षमता भन्दा बढी यात्रु नराख्न र यात्रुसंग दुव्यवहारजन्य क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै स परिवार घर छोडि बाहिर जानुपर्ने अवस्थामा घरको सुरक्षाको प्रयाप्त व्यवस्था मिलाउन प्रशासनले आफ्ना नागरिकलाई सचेत गराउँदै यात्रा गर्दा बहुमुल्य गहना प्रयोग गर्दा समेत सावधानि अपनाउन आग्रह गरेको हो । त्यस्तै बजारमा कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी, अस्वभाविक मुल्य वृद्धि जस्ता कार्य नगर्न नगराउन व्यापारीहरुलाई आग्रह गर्दै म्याद गुज्रेका खाद्यवस्तुहरुको विक्रि वितरण र खरिद नर्गन नगराउन समेत सचेत गराएको छ । प्रशासनले नगर्न भनेका क्रियाकलापहरु गरेको पाईएमा कानुन अनुसार कारबाही गर्ने समेत जनाएको छ।

Google search engine
Google search engine