चाडपर्वलाई लक्षित गरी स्याङ्जाका ५ ठाउँमा यात्रु सहायता कक्ष

0
99
Google search engine

वालिङ, ७ असोज ।
चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । चाडपर्वको समयमा मानिसहरु बढि मात्रामा आवतजावत गर्ने भएकाले सिद्धार्थ राजमार्ग हुदै सञ्चालन हुने सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । हिजो घटस्थापनाको अवसर पारेर जिल्लाको फेदिखोला, जिल्ला सदरमुकाम पुतलीबजार, भीरकोटको वयरघारी, वालिङ बजार, गल्याङ लगायतका क्षेत्रमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।
चाडवाडका बेला यात्रुहरुको चाप बढ्ने र यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने लक्ष्य अनुसार ट्राफिक प्रहरीले राजमार्ग सहित भित्री सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Google search engine


जिल्ला सदरमुकाममा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शुभारम्भ गर्नुभएको छ । चाडवाडका बेला यात्रुलाई ठग्ने, महङ्गो भाडा लिने, असुरक्षित यात्रा गराउने लगायतका कानुन विपरीत कार्य रोक्न यात्रु सहायता कक्षले भुमिका खेल्नेमा आफु विश्वस्त रहेको प्रजिअ अर्यालले बताउनुभयो । स्याङ्जावासी नागरिकको शान्तिसुरक्षा, अमनचयनमा जिल्लाको सुरक्षा निकाय कटिबद्ध भएर लागेको बताउदै सहज यात्रा र सुखदरुपमा चाडपर्व मनाउन प्रजिले आग्रह गर्नुभएको छ ।

Google search engine