दुई फरार प्रतिवादी पक्राउ

0
213
Man on the chair in Handcuffs. Rear view and Closeup ,Men criminal in handcuffs arrested for crimes. With hands in back,boy prison shackle in the jail violence concept.
Google search engine


वालिङ, ३ साउन ।
तोडफोड तथा कुटपिटमा संलग्न दुई जना फरार प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार पक्राउ पर्नेहरुमा स्याङ्जाको बिरुवा गाउँपालिका ५ तल्लो चेप्टे बस्ने २७ वर्षीय बिक्रम राना र हरिनास गाउँपालिका १ सालडाँडा हटिया बस्ने २१ वर्षीय सविन भन्ने योगेन्द्र मानन्धर रहेका छन् ।
२०८२ असार १० गते हरिनास गाउँपालिका १ सिम्लेस्थित दुलेगौडा–बिरुवा ग्रामीण सडकमा बोलेरो जीपलाई रोकी तोडफोड तथा जीपमा सवार दुई जनालाई कुटपिट गरी घाईते बनाएको भन्ने जाहेरी परेपछि उनीहरु फरार रहेका थिए ।
फरार रहेकाहरुको खोजी गर्ने क्रममा लुकीछिपी बसेको अवस्थामा कास्कीबाट प्रहरीले आज पक्राउ गरी नियन्त्रणमा लिएर अभद्र ब्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

Google search engine
Google search engine