सिटीजन बैंकद्धारा वालिङ–९,भुम्रे माविमा खाद्यान्न सामाग्री वितरण

0
189
Google search engine

वालिङ, ७ असार ।
सिटीजन बैंक इन्टरनेशनल लिमिटेडले वालिङ–९, भुम्रे स्थित भुम्रे माध्यमिक विद्यालयमा खाद्यान्न सामाग्री वितरण गरेको छ । सिटीजन बैंक वालिङ शाखाले सामाजिक उत्तरदायित्व अन्र्तगत भुम्रे माविका १० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुको लागि अत्यावश्यक खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक कार्य गर्दै आएकोमा आज भुम्रे माविका बौद्धिक अपाङ्गता श्रोत कक्षाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्रीहरु सहयोग गरेको सिटीजन बैंक वालिङका शाखा प्रबन्धक बेनु महादेव भट्टराईले बताउनुभयो ।
बंैकले आफ्नो सामाजिक कार्य अन्र्तगत विद्यालयमा रहेका बौद्धिक अपाङ्गता विद्यार्थीहरुको लागि खाद्यान्न सहयोग गरेर मानविय कार्य गरेको छ यो मानविय सेवाभाव प्रति विद्यालय आभारी रहेको विद्यालयका प्रध्यानाध्यापक तिलक प्रसाद पराजुलीको भनाई छ ।
यस प्रकारका सहयोगले विद्यार्थीहरुको स्वास्थ्य तथा शैक्षिक प्रगतिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक दिपक पराजुलीले गर्नुभएको थियो ।

Google search engine
Google search engine