लापसे गरी सवारी चलाउने चार जना चालक कारवाहीमा

0
205
Google search engine

आरती कुँवर
वालिङ, ६ असार ।
स्याङ्जामा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने चार जना सवारी चालक कारवाहीमा परेका छन् । सडक दुर्घटना न्यूनीकरण एवम् यात्रालाई थप सुरक्षित, म¥यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शुक्रबारदेखीे “ला.प.से. चेकिङ अभियान” शुरु गरेको छ । यस अभियान अन्र्तगत आज पहिलो दिन लापसे गरी सवारी साधन चलाएका ४ जना कारवाहीमा परेका हुन् ।
बा. प्र ०१.०३१ च ९१५५ ईभि भ्यान चालक कास्कीको पोखरा महानगरपालिका, २७ बस्ने २५ वर्षिय विजय राना मगर, ना. ५ च. २२१३ नम्बरको जिपका चालक चितवन कालिका नगरपालिका, ८ बस्ने २३ वर्षका सुदिप पुलामी मगर, बा.प्र.०१–०२६ च. ४१६१ नम्बरको जिप चालक चितवन ईच्छाकामना गाउँपालिका ६ बस्ने वर्ष २२ का सन्दिप गुरुङ र लु.प्र. ०१–००१ ज. ००७८ नम्बरको ईभि भ्यान चालक स्याङ्जाको पुतलीबजार ७ बस्ने २३ वर्षका संगम थापा कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रदेश अस्पताल पुतलीबजार स्याङ्जासँगको सहकार्यमा गरिएको अभियानमा पुतलीबजार, १ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा गुडिरहेका २४ वटा निजी तथा सार्वजनिक सवारी साधनहरुका चालकहरूलाई टिएचसी टेट्रा हाइड्रो कानाबिनोल किटबाट लापसे जाँच गरिएको थियो । लागू पदार्थ सेवन गरी सवारी साधन चलाएका चार जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।

Google search engine
Google search engine