सूचना र प्रविधिको क्षेत्रमा सामाजिक विकास कार्यालय स्याङ्जाको सक्रियता, वेभसाइट र एप निर्माण गर्न सिकेको विद्यार्थीको भनाइ

0
530
Google search engine

वालिङ, ३ असार ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा सञ्चालित सूचना र प्रविधि क्षेत्रको नविनतम अवधारणा हरुको सिप विकासको लागि छोटो समयको दश दिने ICT BOOT CAMP सम्पन्न भएको छ । कलेज पढ्ने युवायुवतीहरुलाई लक्षित गरी उनिहरुलाई सूचना र सञ्चार प्रविधिको नविनतम ज्ञान मार्फत क्ष्ऋत् क्षेत्रका विविध विषयमा आफुलाइ अब्बल बनाउदै रोजगारी सिर्जना र क्षमता विकासको लागि कार्यक्रम आयोजना गरिएको हो । उक्त दश दिने बुट क्याम्प सोमबार वालिङमा सम्पन्न भएको छ ।
कार्यक्रमको समापनका अवसरमा बोल्नुहुँदै शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका शाखा अधिकृत सुरेश सुवेदीले सिकेको ज्ञानलाई जीवनउपयोगी बनाउदै देशमै प्राप्त अवसरको सदुपयोग गर्दै सूचना र प्रविधिको क्षेत्रमा थप प्रगति गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले सूचना र प्रविधिको समयमा स्याङ्जाका विद्यार्थीहरुलाई यस क्षेत्रमा रुची जगाएर क्षमता विकास मार्फत् रोजगार सिर्जना गर्न र घरमा बसरै नै आईसिटी क्षेत्रबाट नयाँ अवसर सिर्जना गर्न यस कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Google search engine


शिक्षा विकास समन्वय ईकाइ शाखा अधिकृत सुरेश सुवेदीको उपस्थितिमा उत्कृष्ट सहभागीहरुलाइ पुरस्कृत गर्दै सक्रिय सहभागी हुने सवै विद्यार्थीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहजकर्ता Infomax College of Information Technology and Management का प्रशिक्षक शिक्षक इन्जिनियर किरण कुँवर को टीमले विद्यार्थीहरुलाई वेभसाइडको डिजाइन र विकास, HTML,CSS,JAVA SCRIPT,GIT AND HOSTING,AI, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफँुहरुले व्यापारको लागि अनलाईन एप बनाउन सकेको, राम्रो वेभ निर्माण गर्न सफल भएको, AI लगायतमा राम्रो ज्ञान हाँसिल गरेको हुदाँ आफुले सिकेको सिपलाई जीवन उपयोगी बनाउदै विद्यालयमा अन्य साथीहरुलाई पनि यस विषयमा प्रशिक्षण दिन सक्षम रहेको बताएका थिए ।

स्याङ्जाको वालिङमा १० दिनसम्म आवासीय रुपमा सञ्चालन भएको कार्यक्रममा स्याङ्जाका ११ वटा स्थानीय तहले छनौट गरेर पठाएका कक्षा ११ देखी स्नातक तहमा अध्ययन गर्दै गर्नुभएका ३० जना सहभागिता थियो । यस्तै कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनुभएका प्रशिक्षार्थीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । स्याङ्जामा यस आर्थिक वर्षमा सामाजिक विकास कार्यालय स्याङ्जाले सामाजिक र शैक्षिक क्षेत्रमा नयाँ र सिर्जनात्मक काम गरेर लक्षित समूहको मन जित्न सफल भएको छ ।

Google search engine