१८७ औ विश्व फोटोग्राफर दिवसमा फोटोग्राफर मञ्च स्याङ्जाको अन्तरक्रिया

0
22
Google search engine

हिमाल न्यौपाने
गल्याङ, ३ भदौ ।
१८७ औ विश्व फोटोग्राफर दिवसको अवसरमा फोटोग्राफर मञ्च स्याङ्जाले फोटोग्राफी क्षेत्रमा देखिएका चुनौती र आगामी कार्यदिशाबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
वालिङ नगरपालिका–८ स्थित अमर होटलमा आयोजित कार्यक्रममा फोटोग्राफर मञ्च स्याङ्जाका अध्यक्ष हिमाल न्यौपाने, सचिव प्रदीप पाठक, कोषाध्यक्ष विकास खाँड, पूर्वअध्यक्ष बिमल खनाल उपाध्यक्ष बाबुराम रेग्मी, प्रदेश महासचिव प्रेम पराजुुली,सदस्यहरु बिनोद गुुरुङ,बिबेक श्रेष्ठ, कमला लम्साललगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पछिल्लो समय फोटोग्राफी क्षेत्रमा देखिएका विविध चुनौती, पेशागत मर्यादा, प्रविधिको बढ्दो प्रयोग तथा फोटोग्राफरहरूको व्यावसायिक क्षमता अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले बदलिँदो प्रविधि र प्रतिस्पर्धात्मक वातावरणसँगै फोटोग्राफी पेशालाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन आवश्यक रहेको धारणा राखेका थिए।
फोटोग्राफरहरूका साझा समस्या पहिचान गर्दै त्यसको समाधानका लागि संस्थागत रूपमा पहल गर्ने तथा आगामी दिनमा फोटोग्राफर मञ्चलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
विश्व फोटोग्राफर दिवसलाई केवल उत्सवका रूपमा सीमित नराखी पेशागत चुनौती, सम्भावना र जिम्मेवारीबारे समीक्षा गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिइएको मञ्चले जनाएको छ। छलफलबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी कार्ययोजनामा समेट्दै फोटोग्राफरहरूको हकहित र पेशागत विकासका लागि मञ्च अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।

Google search engine
Google search engine