श्याम स्मृति फुटबल प्रतियोगिता पुनः हुने

0
2
oppo_2
Google search engine

वालिङ, २५ जेठ ।
स्याङ्जाको वालिङमा श्याम स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । वालिङ युवाक्लबको आयोजनामा वालिङ खेलमैदानमा यही जेठ २८ देखि असार १ गतेसम्म प्रतियोगिता हुने भएको हो । सोमबार वालिङ खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा स्याङ्जा जिल्लाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताकोरुपमा रहेको श्याम स्मृति फुटबल प्रतियोगितालाई पुनः निरन्तरता दिने गरी अगाडि बढेको आयोजक वालिङ युवाक्लबका अध्यक्ष केशरबहादुर थापा (राजन) ले जानकारी दिनुभयो ।
स्वर्गीय श्याम थापाको स्मृतिमा सञ्चालन हुँदै आएको प्रतियोगिताले वालिङ तथा आसपासका क्षेत्रमा खेलाडीहरु उत्पादन गर्न सफल भएको र आगामी दिनमा पनि अझै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्नकालागि सहयोग पु¥याउने उद्देश्यले प्रतियोगितालाई पुनः सुचारु गरिएको उहाँले बताउनुभयो ।

Google search engine
oppo_2

प्रतियोगितामा स्याङ्जासहित पाल्पा, पर्वतका गरी कूल १० टिमको सहभागिता रहने संस्थापक समिति संयोजक एलबी ज्वारचनले जानकारी दिनुभयो ।
वालिङलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउनुकासाथै नयाँ प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभाशाली खेलाडीकोरुपमा प्रतिभा प्रष्फुटन गराउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोईरालाले वालिङका पुरुष तथा महिला खेलाडीहरुले राष्ट्रिय टिम तथा विभिन्न क्लबहरुबाट आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नुले पनि वालिङको पहिचानलाई अझै उचाईमा पु¥याउन सफल भएको धारणा व्यक्त गर्नुभयो ।
प्रतियोगिता सञ्चालनकालागि करिव ५ लाख ४८ हजार आम्दानी हुने र करिव ५ लाख ३० हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले रु. एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले नगद पचास हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
प्रतियोगिताबाट वचत भएको रकमबाट विशेष गरी ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी खुल्ला व्यायामशाला निर्माण गर्ने योजना रहेको प्रतियोगिताका आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिनुभयो । फुटबल खेलाडी श्याम थापाको वालिङ खेलमैदानमै फुटबल खेल्दै गर्दा वि.सं २०५१ असार २३ गते चट्टयाङ लागेर ज्यान गएको थियो । स्वर्गीय थापाको स्मृतिमा उहाँको परिवार तथा अन्य सहयोगीहरुको पहलमा केही वर्ष प्रतियोगिता सञ्चालन भएपनि विभिन्न कठिनाईकाकारण प्रतियोगिता हुन सकेको थिएन । झण्डै २६ वर्षपछि पुनः श्याम थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको क्लबका कोषाध्यक्ष रजमान अलि मियाले बताउनुभयो ।

Google search engine