अन्तराष्ट्रिय बालपुस्तक दिवसमा बालबालिकालाई पुस्तक

0
245
Google search engine

वालिङ, २० चैत । कक्षा ५ को परिक्षा सकेका विशन लामिछाने विदाको समयको सदुपयोग कसरी गर्ने भन्ने अन्यौल थियो । उनलाई मात्रै होइन उनका बालकलबका र छिमेकी साथीहरु समेत यस्तै अवस्थामा थिए । धेरै समय उनीहरु मोबाइल हेरेर बसेका थिए तर आजबाट भने बालसाहित्य पुस्तक पढेर बिदाको समय कटाएका छन् ।

Google search engine

गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले अन्तराष्ट्रिय बालपुस्तक दिवसको अवसर पारेर स्याङ्जा जिल्लाका विभिन्न टोलका बालबालिकाहरुलाई बालसाहित्य पुस्तक वितरण गरेको छ ।

विद्यालयका वार्षिक परिक्षा सकेर घरमा बसेका बालबालसकाहरु घरमा बस्दा मोबाइल धेरै चलाउने गरेको हुदाँ लामो समयको विदामा बालबालिकाको अध्ययन गर्ने बानी नहटोस् भन्ने उद्धेश्यले कार्यालयले बालबालिको टोल मै पुगेर बालसाहित्य पुस्तक वितरण गरेको बताएको छ ।

बालबालिकालाई सानैदेखि आफ्नो माटो र देशको सेवा गर्न यस्ता पुस्तकले थप टेवा पुग्ने हुँदा बालसाहित्य पुस्तक वितरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले विश्वास व्यक्त गरे ।

बालबालिकालाई विद्यालयमा रमाइ रमाइ पुस्तक पढ्ने बानीको विकास गरी सामाजिक सद्भाव, संस्कृति, मूल्य मान्यता, प्रकृति आत्मीयता, श्रम प्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन बालसाहित्य पुस्तकको महत्त्वपूर्ण भूमिका हुन्छ ।

बालगीत, बालकथा, बालकविता, बालनाटक, बालउपन्यास, बालगजलसहित जीवन उपयोगी विभिन्न विधाका यस्ता पुस्तकले बालबालिकालाई भाषिक सीपको विकास, सिर्जनात्मक कार्यमा वृद्धि, ज्ञानविज्ञानका कुरासँग साक्षत्कार सङ्गै नैतिकता, सदाचारिता र अनुशासित बनाउन सहयोग पुग्नेमा कार्यालयले विश्वास गरेको छ ।

विश्व बाल पुस्तक दिवसका दिनमा बालसाहित्य पुस्तक प्राप्त गर्दा बालबालिकाहरु खुसी भएका थिए ।

सन् १९६७ देखि विश्वविख्यात परी कथा लेखक हान्स क्रिस्चियन एन्डरसनको जन्मदिन अप्रिल २ का दिन अन्तर्राष्ट्रिय बालपुस्तक दिवस मनाइँदै आइएको छ । यसको उद्देश्य पुस्तक पठनसंस्कृति बढाउनु हो ।

Google search engine