स्याङ्जामा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

0
180
Google search engine

वालिङ, १ चैत ।

Google search engine

आज विश्व उपभोक्ता अधिकार दिवश विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका स्थित प्रधुम्न पनेरु माविमा सम्पन्न कार्यक्रममा उपभोक्ता, व्यापारी, विद्यार्थी र सरोकारवालहरुको उपस्थिति रहेको थियो ।

पञ्चेबाजा र सचेतनामूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम पश्चात् भएको सचेतना तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले उपभोक्ताहरु आफ्नो अधिकार प्रति सचेत हुनुको साथै उद्योगी तथा व्यापारीले इमान्दारिता पूर्वक उपभोक्ताको हित हुने गरी व्यवसाय गर्नुपर्ने कुरामा जोड दिनु भयो । गाउँपालिका उपाध्यक्ष सिता थापाले आफैले उत्पादन गरेका रैथाने बालीलाई खाद्यन्नको रुपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै सबैको सहकार्यबाट नै उपभोक्ताको अधिकार संरक्षण गर्न सकिने कुरा बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले उपभोक्ताको अधिकार संरक्षण गर्न नियमित बजार अनुगमन गरिएको बताउनु भयो । उहाँले कानून विपरीत काम गर्ने , कलोबजारी गर्ने, क्रितिम अभाव सिर्जना गर्ने, गुणस्तर नभएको खाद्यन्न उत्पादन र वितरण गर्ने जोकोहीलाई पनि कानून बमोजिम कारबाही गरिने बताउनु भयो ।

स्याङ्जा जिल्लाका प्रहरी प्रमुख दधिराम न्यौपानेलले सबै उपभोक्ताहरुमा सचेतनाको साथै कानून विपरीत उपभोक्तालाई असर पुग्ने कार्य भएमा प्रहरी र सम्बन्धित निकायमा उजुरी दिएर स्वच्छ व्यवसायिक वातावरण गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले उपभोक्ताहरु आफूले प्रयोग गर्ने सामानहरुको गुणस्तर, मूल्यको बारेमा सचेत हुनु पर्ने बताउनुभयो । एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले आफ्नो उपभोग्य अधिकार सुनिश्चित गर्न सर्वप्रथम स्वयं जागरुक हुनुपर्ने भन्दै उहाँले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साहित्यिक सिर्जना मार्फत् उपभोक्ताको अधिकारबारे आफ्नो प्रस्तुती राख्नु भएको थियो । गायन, नृत्य सहित कविता प्रस्तुत गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

यसैबीच कार्यक्रममा उपभोक्ताको हक, हित र सुरक्षाको लागि लामो समयदेखी योगदान दिनुभएको भन्दै उपभोक्ता मञ्च जिल्ला अध्यक्ष राजेन्द्र मरासिनीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

कार्यक्रम कार्यालयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कम्प्युटर अपरेटर कृष्ण लम्सालले गर्नु भएको थियो ।

हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रुपमा मनाउने गरिन्छ । सन् १९६२ मा आजकै दिन अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीले उपभोक्ता अधिकारको बारेमा अमेरिकी काँग्रेसको सभामा बोलेको दिनको सम्झनामा यो दिवस मनाउँदै आइएको छ ।

Google search engine