भुम्रे माध्यमिक विद्यालयमा न्यानो कपडा, झोला तथा स्टेशनरी सामग्री हस्तान्तरण

0
116
Google search engine

वालिङ, १५ माघ ।
स्याङ्जाको वालिङ ९ भुम्रेस्थित भुम्रे माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई बुधबार न्यानो कपडा, झोला तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ ।
समाजसेवी डोलराज शर्मा पंगेनीद्वारा युवा समाजसेवी केशभक्त गुरुङको समन्वयमा भुम्रे माविमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ६७ जना बालबालिकालाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

Google search engine


कार्यक्रममा बोल्नुहुँदै वालिङ वडा नं ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत) ले समाजसेवी पंगेनीले उपलब्ध गराउनुभएको न्यानो कपडा, झोला तथा स्टेशनरी सामग्रीले स–साना बालबालिकाको शिक्षण सिकाई क्रियाकलापमा थप उर्जा र हौसला प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा युवा समाजसेवी केशभक्त गुरुङले समाजसेवी पंगेनीले विद्यालयहरु न्यानो कपडा, झोला तथा स्टेशनरी सामग्रीहरु धेरै ठाउँमा वितरण गरेको बताउँदै यसको सही सदुपयोगकालागि अनुरोध गर्नुभयो ।


सहयोगकालागि धन भएरमात्रै हुँदैन मन पनि चाहिने रहेछ धन र मन समाजसेवी पंगेनीसित छ जसकाकारण बालबालिकालाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्दै आईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालप्रसाद श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुली, समाजसेवी धनबहादुर मल्ल, विद्यालयका शिक्षक दिपक पराजुलीलगायतले सहयोगी समाजसेवी पंगेनीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

Google search engine