भोलि माघ १७ गते वालिङ महोत्सवमा शिव परियार र खुमन अधिकारीको विशेष प्रस्तुति रहने

0
157
Google search engine

वालिङ, १६ माघ ।
स्याङ्जाको वालिङमा जारी ‘नवौँ वालिङ महोत्सव २०८२’ अन्तर्गत भोलि माघ १७ गते चर्चित गायक शिव परियार र लोक दोहोरी गायक खुमन अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन्। महोत्सवको चौथो दिनको मुख्य आकर्षणका रूपमा आधुनिक गायनका नक्षत्र शिव परियार र लोक दोहोरी गायक खुमन अधिकारीका साथमा सबिना गुरुङ, लक्ष्मण ठकुरी र कमला गैरे लगायतका स्थानीय कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिलाउनेछन्।

Google search engine

यसका साथै हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को प्रस्तुति र आशिका श्रेष्ठको नृत्यले महोत्सवलाई थप रौनक प्रदान गर्ने आयोजकले जनाएको छ। वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित यस महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै मुख्य आकर्षणको रूपमा ‘जलपरी’ पनि रहेको छ ।

Google search engine