प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साईड फुटबल

0
249
oppo_2
Google search engine

वालिङ, २८ पुस ।
स्याङ्जाको वालिङमा प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । ॐ कार ईभेन्टस हबको आयोजनामा वालिङ खेलमैदानमा मंगलबारबाट हुने प्रतियोगिताकाबारेमा सोमबार वालिङमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
‘हाम्रो अभियान, वालिङ नगरको खेलकुद, पर्यटन र पर्यावरणको प्रवद्र्धन खेलले जोड्छ, मेलाले मिलाउँछ, वालिङ चम्काउँछ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा स्याङ्जासहित बुटवल, पोखरालगायतका स्थानबाट ९ समूहको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष बिजय मल्लले जानकारी दिनुभयो ।

Google search engine
oppo_2

प्रतियोगितामा ५० वर्षमाथिका अनिवार्य एक जनासहित अरु ४० वर्षभन्दामाथिका खेलाडीहरु समावेश हुनुपर्नेछ । “संस्थाले पहिलो कार्यक्रमस्वरुप भेट्रान्स प्रतियोगिता आयोजना गरेको हो” उहाँले भन्नुभयो, “संस्था खेलकुदमामात्रै सीमित नभएर प्रदेश तथा राष्ट्रियस्तरमा सांस्कृतिक कार्यक्रम, पर्यटकीय क्षेत्रको प्रचार प्रसार, दुब्र्यसनी विरुद्धको कार्यक्रमहरु पनि गर्ने तयारीमा रहेका छौं ।”

oppo_2

प्रतियोगितामा प्रथम हुने समूहले रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले रु. पचास हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार एवम् एन्फाका पूर्व केन्द्रीय सदस्य एलबी ज्वारचनले खेल्नकालागि उमेरले छेक्दैन भन्ने सन्देश दिनकालागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने दावी गर्नुभयो ।

संस्थाका प्रबन्ध निर्देशक नवराज पौडेलले प्रतियोगिता सम्पन्न गर्नकालागि झण्डै रु. पाँच लाख अनुमानित खर्च लाग्ने बताउनुभयो । पुस २९ गतेबाट शुरु हुने प्रतियोगिता माघ ३ गतेसम्म सञ्चालन हुने छ ।

Google search engine