कोरिया गएर फर्किएका व्यक्तिहरुबीच पुनः एकीकरण कार्यक्रम हुने

0
173
Google search engine

तोलाकान्त बगाले
वालिङ, ४ पुस ।

Google search engine

रोजगारीको शिलशिलामा कामदार भिसामार्फत दक्षिण कोरिया गएर फर्किएका व्यक्तिहरुबीच पुनः एकीकरण कार्यक्रम स्याङ्जाको वालिङमा हुने भएको छ । K-HaMi (Korea Happy Migration) को प्रायोजन र अंकुर नेपालको सहकार्यमा यही पुस १२ गते शनिबारका दिन वालिङस्थित जंगल होटलमा कार्यक्रम हुने भएको अंकुर नेपालका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक तोलाकान्त भुसालले जानकारी दिनुभयो ।
कोरिया गएर फर्किएसँगै हाल नेपालमा रहेका व्यक्तिकालागि लक्षित गरी पुनः एकीकरण कार्यक्रम आयोजना गरिएको संयोजक भुसालले बताउनुभयो ।
दक्षिण कोरियामा रोजगारीका शिलशिलामा सिकेको सीपलाई आफ्नो ठाउँमा फर्केसँगै प्रयोग गरेर त्यसबाट लिन सकिने फाईदाका विषयहरुमा अनुभव तथा सफलताका कुराहरु आदान प्रदान गरिने उद्देश्य रहेको रिटर्निज कोरिया स्याङ्जा परिवार नेपालका कोषाध्यक्ष जीबलाल काफ्लेले बताउनुभयो ।
कस्तो व्यापार व्यवसाय गर्ने, व्यापार व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरु, व्यवसायिक रणनीतिहरु, उद्यमशिलतासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम हुनुकासाथै सफल व्यावसायीहरुका सफलताका कुराहरु प्रत्यक्षरुपमा सुनाउने र व्यवसायिक उत्प्रेरणा जगाउनकालागि यस कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास कोषाध्यक्ष काफ्लेको छ ।
विभिन्न समयमा रोजगारीका शिलशिलामा दक्षिण कोरियाबाट फर्केर स्वदेशमै व्यापार व्यवसाय गरेका वा कोरियाबाट फर्केर नेपालमै र विशेष गरी स्याङ्जा जिल्लामा रहेका व्यक्तिहरुबीचको साझा अन्तरक्रिया गर्ने थलोकोरुपमा यसलाई हेरिएको कोरियन भाषा प्रशिक्षक प्रेम भण्डारीले जानकारी दिनुभयो ।
स्याङ्जा जिल्लाका विभिन्न भेगबाट कोरिया गएर फर्किएका व्यक्तिहरुलाई उक्त कार्यक्रममा उपस्थित भएर फाईदा लिन पनि भण्डारीले आग्रह गर्नुभएको छ । उक्त कार्यक्रममा K-HaMi प्रोजेक्ट म्यानेजरसँग विशेष अन्तरक्रियात्मक कार्यक्रम रहेकाले यसबाट विशेष लाभ लिन सकिने अवस्था रहेको रिटर्निज कोरिया स्याङ्जा परिवार नेपालका सदस्य सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रमको तयारीलाई तिव्र पारिएको र अहिले कार्यक्रममा सहभागी हुनेहरुको नामावली संकलन गर्नेलगायतका तयारीको काम भईरहेको रिटर्निज कोरिया स्याङ्जा परिवार नेपालका सदस्य प्रेम पाठकले जानकारी दिनुभयो ।

Google search engine