नेपाल अर्बुद रोग निवारण संस्था स्याङ्जाको १८ औं जिल्ला सभा तथा सातौं अधिवेशन

0
251
Google search engine

वालिङ, १ पौष ।
नेपाल अर्बुद रोग निवारण संस्था स्याङ्जाको १८ औं जिल्ला सभा तथा सातौं अधिवेशन आज सम्पन्न भएको छ । आज वालिङ १० स्थित पूर्णामृत भवानी माविको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच जिल्ला सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

Google search engine

कार्यक्रमको उद्घाटन गर्नुहुँदै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले स्वास्थ्यप्रति समय समयमा चेकजाँच गराउने र शरीरलाई चुस्त दुरुस्त र फुर्तिलो बनाईराख्नकालागि खानपान र शारीरिक ब्यायाममा जोड दिन अनुरोध गर्नुभयो । उहाँले रोग लागेर जनधनको ठूलो क्षति हुनबाट जोगिनकालागि समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यप्रति विशेष ख्याल गर्दै गएको खण्डमा उपचारमासमेत सहज हुने बताउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे, पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक लम्साल, नेपाल अर्बुद रोग निवारण संस्था स्याङ्जाका अध्यक्ष यज्ञप्रसाद अधिकारी, उपाध्यक्ष दिपेन्द्र गैह«े, पूर्णामृत भवानी माविकी विद्यालय नर्स प्रविना सुवेदीले अर्बुद रोग, यसका लक्षण र सावधानीका उपायहरुकाबारेमा जानकारी गराउनुभएको थियो । संस्थाले अर्बुद रोगका लक्षण, रोग लाग्न नदिनकालागि अपनाउनुपर्ने सावधानीका विषयहरुमा केन्द्रीत रहेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

Google search engine