वालिङ, २७ मंसिर ।
ॐ कार इभेन्टस हब वालिङ द्वारा प्रथम ॐकार कप आयोजना गरिएको छ । ॐ कार इभेन्टस हब संस्था वालिङमा स्थापना भएर खेलकुद कार्यक्रम, दुब्र्यसनी विरुद्धका कार्यक्रम, युवा,वृद्ध, बालक सबै उमेर समुहलाइ लक्षित कार्यक्रम गर्ने उद्धेश्यका साथ अगाडी बढेको छ । सस्थाले आफ्नो पहिलो कार्यक्रमको रुपमा प्रथम ॐकार कप सेभेन ए साइड भेट्रान्स फुटबल वालिङ प्रतियोगिता कार्यक्रम राखेको छ । उक्त प्रतियोगितामा प्रथम, द्धितिय हुनेले क्रमशः रु १,००,००० र रु ५०,००० नगद मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता वालिङ ८ खेलमैदानमा यहि मंसिर २९ गतेदेखी पौष ३ गते सम्म सञ्चालन हुने खेल सयोजक राज गुरुङले जानकारी दिनुभयो । सहयोगी संस्थाहरुमा वालिङ युनाईटेड क्लब, ट्रीनिटी क्लब, स्पन्दन क्लब, रामबाच्छा क्लब र होराइजन क्लब रहेका छन् ।
यस संस्थाको अध्यक्षमा बिजय मल्ल, उपाध्यक्षमा नबिन गुरुङ, सचिवमा विजय बिक्रम खाँण कोषाध्यक्षमा दिप गुरुङ रहनुभएको छ भने सदस्यहरुमा उमराज गुरुङ, सागर थापा, ओम गुरुङ, साजन पगेंनि, शङ्कर थापा सहितको ९ सदस्यीय कार्यसमिति रहेको छ । यस्तै संस्थाको प्रबन्धकमा नवराज पौडेललाई मनोनित गरिएको छ ।





