अपाङ्गता भएका व्याक्तिहरुको ३४ अौ अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम
प्रत्येक वर्ष ३ डिसेम्बरका दिन विश्वभर विशेष पर्व ,उत्सवका रुपमा मनाईदै आएको अपाङ्गता भएका व्याक्तिहरुको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ३ डिसेम्बर २०२५ (२०८२ मंसिर १७ गते ) ३४ अौ वर्षका रुपमा विविध कार्यक्रम गरि भव्यताका साथ मनाईएको छ।
“अपाङ्गता समावेशी समाजको प्रवर्द्न :
सामाजिक उन्नतीको संवर्दन” भन्ने मुल राष्ट्रिय नाराका साथ स्याङ्जा जिल्लामा पनि अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र -नेपाल पुतलीबजार न पा -१ ,स्याङ्जाको अायोजना ,स्याङ्जा अपाङ्ग समाज,स्याङ्जा वहिरा संघ,स्याङ्जा दृष्टिविहीन संघ र cbrs को समन्वय तथा पुतलीबजार नगरपालिका स्याङ्जा र एकीकृत सेवा कार्यालय स्याङ्जाको सहकार्यमा दिवस मनाईएको हो ।स्याङ्जा जिल्लामा कृयाशिल जिल्ला स्तरीय संघसंस्थाहरुको समन्वय वैठकवाट तय गरिएका कार्यक्रमहरु भव्यताका साथ सम्पन्न गरि अाम सचेतना एवं अपाङ्गता सवाललाई सवैको चासोको विषयका रुपमा उजागर गर्न यो दिवसले टेवा पुर्याएको छ।
दिवसका अवसरमा पुतलीबजार न पा -३ ,स्याङ्जा स्थित चण्डिकालिका वहिरा अाधारभुत विधालयमा अध्ययनरत २४ जना विधार्थी ,शिक्षक,कर्मचारी ,अाया समेत गरि ३० जनालाई व्याक्तिगत सरसफाइ सामाग्री ,न्यानो टोपी वितरण तथा मनोरञ्जनात्मक खेलकुद प्रतियोगीता सम्पन्न भयो । कार्यक्रमको शुभारभ्भ गर्दै पुतलीबजार नगरपालिका स्याङ्जाका नगर प्रमुख तुलसीराम रेग्मीले अपाङ्गता भएका व्याक्तिहरुको सशक्तीकरण ,क्षमता विकास ,आयआर्जन र सम्मानित जीवनयापन का लागि नगरपालिका संवेदनशील रहेको , असल अभ्यास गरिएको संघसंस्था र विधालय संग निरन्तर सहकार्य भईरहेको र सहकार्य जारी रहनेमा आफ्नो ढृणता व्यक्त गर्नु भयो। विधालय व्यवस्थापन समिति का अध्यक्ष अमिर वक्स मियाँ को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुतलीबजार न पा -३ का कार्यवाहक अध्यक्ष सोम वहादुर कुवर,नगरस्तरीय महिला संजालका संयोजक सीता गोदार,राष्ट्रिय अपाङ्ग महासंघ- नेपाल गण्डकी का सचिव राम शर्मा पोखरेल ,महिला वालवालिका शाखा प्रमुख सिर्जना लामिछाने , प्र अ सावित्री शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे भने कार्यक्रम को सहजीकरण अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र -नेपालका अध्यक्ष युवराज पराजुलीले गर्नुभएको थियोे ।
दिवसको दोस्रो कार्यक्रमका रुपमा स्याङ्जा जिल्लाका स्थानीय तहका अपाङ्गता अगुवा,संघसंस्थाका प्रतिनिधि सहित सरोकारवाला निकायका समेतको उपस्थितिमा अपाङ्गता अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।उक्त अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्याक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको ऐतिहासिक पृष्ठभूमि ,विकासक्रम ,नेपाल सहित विश्वव्यापी रुपमा प्राप्त उपलब्धि ,चुनौती ,समस्या ,समाधानका उपाय र सरोकारवाला पक्षहरूको भुमिका एवं दायित्व वारेमा अपाङता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र -नेपाल का अध्यक्ष युवराज पराजुली र स्वास्थ्य विमा एवं पुतलीबजार नगरपालिकाले गरिरहेकाे काम वारेमा सिनियर अ हे व ईश्वर थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । उक्त कार्यक्रमको शुभारभ्भ गर्दै पुतलीबजार नगरपालिका स्याङ्जाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले अपाङ्गता भएका व्याक्तिहरुको क्षेत्रमा कृयाशिल संघसंस्थाहरुले यश वर्गका एजेन्डा उठान गरिरहेकाले पुतलीबजार नगरपालिकाले उपलब्ध सिमित साघन श्रोतका वावजुत सम्बोधन गरिरहेकाे र पुरा हुन वाकि विषयमा निरन्तर प्रयत्नशिल रहने प्रतिवद्ता व्यक्त गर्नुभयो। कार्यक्रममा एकीकृत सेवा कार्यालयका प्रशासकिय अधिकृत दोर्ण पनेरु ,महिला वालवालिका शाखा प्रमुख सिर्जना लामिछाने ,राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्य सरिता थापा,गण्डकी सचिव राम शर्मा पोखरेल ,नगरस्तरीय अपाङ्गता संजालका संयोजक ऋर्षि कुमार रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियोे भने cbrs का फिल्ड को अडिनेटर हुम रानाभाटले सहजीकरण गर्नु भयो ।
यसैगरी सहिदचोक स्याङ्जा वजारमा साझ दीप प्रज्जवदलन कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रमको शुभारभ्भ गर्दै पुतलीबजार नगरपालिका वडा नं १ का अध्यक्ष उत्तम प्रसाद श्रेष्ठले अपाङ्गताको सवाल सामाजिक सवाल भएकोले सवैले चासो राख्नुपर्ने वताउनुभयो। कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठान का अध्यक्ष कुरा राना ,युवा समाजसेवी ईन्दवहादुर गोदार,ई. अनुप श्रेष्ठ ,पत्रकार भवानी अधिकारी ,अामा मिलन केन्द्र का अध्यक्ष सुनिता पौडेल ,पुतलीबजार न पा महिला वालवालिका शाखा प्रमुख सिर्जना लामिछाने ,स्याङ्जा अपाङ्ग सममजका कोषाध्यक्ष मेनुका पाठक ,स्याङ्जा वहिरा संघका अध्यक्ष संजीव श्रेष्ठ ,स्याङ्जा दृष्टिविहीन संघका कोषाध्यक्ष नारायण भण्डारी,सुरक्षाकर्मी ,विधार्थी लगायतका
सयौ व्यक्तिहरुले शुभकामना सहित दीप प्रज्जलवन गर्नुभएको थियोे भने सहजीकरण अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र -नेपालका सचिव नारायण रेग्मीले गर्नुभयो ।
कार्यक्रमहरु सम्पन्न भए पश्चात संघसंस्थाहरुले समीक्षा गर्दै सवै गतिविधिहरु सफलता पुर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहकार्य गर्ने ,समन्वय गर्ने ,कार्यक्रम व्यवस्थापन तथा अायोजना गर्ने र सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन्।





