प्रथम वालिङ सडक खाना महोत्सव जारी

0
77
Google search engine

वालिङ, १९ मंसिर ।
बुधबारबाट शुरुभएको प्रथम वालिङ सडक खाना महोत्सव वालिङ ८ स्थित आँधीखोलाको किनारमा जारी छ । “हाम्रो नगरमा हाम्रै खाना स्थानीय वृद्धि हाम्रो चाहना” भन्ने नाराका साथ मौलिक खाना प्रर्वद्धनको लागी आयोजित महोत्सवमा विभिन्न विद्यालय, विभिन्न समूह, तथा जातिय संघहरुले आ–आफ्ना परिकारका स्टलहरु राखेका छन् ।
महोत्सवको दोस्रो दिनमा विभिन्न विद्यालय तथा समूहहरुले आफ्ना प्रस्तुति राखेका थिए भने चर्चित गायक राजु गुरुङ, गोपाल जिटी, सुनिता नेपाली, रविना गुरुङ, सगुन थापा, कृष्ण मल्ल ठकुरी, जस्मिन थापा मगरलगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुतिबाट दर्शक स्रोतालाई मनोरञ्जन दिलाएका थिए ।
स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सदभाव र पहिचान प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहेका छन् ।
महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री, विभिन्न लगायतका जातजातिहरु साथै विभिन्न विद्यालयहरुका हाम्रो परिवेशमा पाईने विभिन्न मौलिक परिकारको प्रदर्शनी तथा बिक्री, जातीय तथा परम्परागत नृत्य, भेषभूषा, विद्यार्थीहरुका प्रतिभा, लोक संगीत एकै थलोमा हेर्न सकिनेछ । महोत्सव दिउँसो १ देखि बेलुका ९ बजेसम्म रहनेछ भने महोत्सव अवधिभर बेलुका वालिङको आकाशमा आतिसबाजीका दृश्यहरुपनि अवलोकन गर्न पाईनेछ ।

Google search engine
Google search engine