भीरकोटमा राष्ट्रपति खेलकूद प्रतियोगिता सुरु

0
80
Google search engine

वालिङ, १९ मंसिर ।
स्याङ्जाको भीरकोट नगरपालिकाको आयोजनामा आजबाट भीरकोट खेलमैदान बयरघारीमा भीरकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले खेल क्षेत्रको विकाससँगै नयाँ नयाँ खेलाडीहरुको खेल प्रतिभा पहिचान गरी अगाडि बढ्नकालागि यसखालका प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।
खेल क्षेत्रको विकास, पूर्वाधार निर्माण र खेलाडीहरुको क्षमता विकासकालागि नगरपालिकाले काम गर्दै आईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, पूर्व नगर प्रमुख छायाराम खनाल, पूर्व नगर उपप्रमुख सीमा केसी कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साल, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु लगायतका वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
नगरभित्रका सामुदायिक र संस्थागत गरी १६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । आजबाट सुरु भएको प्रतियोगिता २० गते शनिबारसम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा भलिबल, कबड्डीलगायतका एथ्लेटिक्सतर्फका खेलकूद प्रतियोगिताहरु हुने छ ।
उद्घाटन समारोह राष्ट्रपति खेलकूद समितिका संयोजक एवम् नगर प्रवक्ता दीपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।

Google search engine
Google search engine