जेनजीको मागप्रति नेकपा एमालेको समर्थन छ ः एमाले सचिव अर्याल

0
131
Google search engine

वालिङ, २९ कार्तिक ।
नेकपा एमालेका सचिव पद्मा कुमारी अर्यालले जेनजीले अगाडि सारेको एजेण्डा र नेकपा एमालेको एजेण्डा एउटै भएको बताउनुभएको छ । देशलाई भ्रष्ट्राचारमुक्त बनाई शुसासन कायम गर्ने नेकपा एमालेको पनि एजेण्डा भएको भन्दै जेनजिका सकारात्मक र राष्ट्रहितको पक्षमा रहेका मागप्रति नेकपा एमालेको पनि सर्मथन रहेको बताउनुभएको हो ।
नेकपा एमाले जिल्ला कमिटिले स्याङ्जामा शुक्रबार गरेको जनसभालाई सम्बोधन गर्दै जेनजिले देशमा विध्वंस मच्चाउने, देश जलाउने, समाजलाई त्रासपुर्ण बनाउने काम नगरेको भन्दै जेनजिको नाममा प्रतिगामी शक्तिहरुले षडयन्त्र गरेको सचिव अर्यालको भनाई छ । प्रतिगामीलाई हटाउनका लागी नेकपा एमाले अहिले सडकमा आएको भन्दै जनताको साथ र सर्मथनमा मुलुकलाई लोकतन्त्र गणतन्त्रतर्फ फर्काउने विश्वास व्यक्त गर्नुभयो ।

Google search engine


वर्तमान सरकार असंवैधानिक रहेको भन्दै संविधानको मर्म र भावना विपरित बनेको सरकारका विरुद्धमा नेकपा एमाले जनताको बीचमा आएको सचिव अर्यालको भनाई छ ।
यस्तै कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भ्रष्ट्राचारीलाई कारबाही गर्ने जेनिजको मागमा नेकपा एमाले तयार रहेको बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक तबरबाट निर्माण गरिएको सरकारमा रहेका मन्त्रीहरुको पनि छानविन आवश्यक रहेको नेता बस्नेतको भनाई छ ।
नेकपा एमालेले मुलुकको वर्तमान परिप्रेक्षको बारेमा आम नागरिकलाई जानकारी दिने उद्देश्यले सडकमा आएको उहाँले बताउनुभयो । वास्तविक जेनजिहरुलाई विदेशी शक्ति एवं लुसिफरहरुले प्रयोग गरिएको भन्दै अव जेनजि वास्तविक जेनजि नरहेको बताउँदै विदेशीले नामाकरण गरिदिएको जेनजि स्वीकार्य नहुँने भन्दै डिजिटल जेनेरेशन डिजि एवं नवयुवालाई एमालेमा हरेक पलमा स्वागत रहेको बताउनुभयो ।
सभा गर्नुअघि वर्तमान सरकार असंवैधानिक रहेको भन्दै सरकारका विरुद्ध नाराबाजी गरिएको थियो भने भदौ २४ गते भएको आन्दोलनको अपराधीलाई कारबाही गर, मुलुकमा शान्ति सुरक्षा कायम गर लगायतका प्लेकार्ड सहित ¥याली गरिएको थियो ।

Google search engine