पूर्णामृत माविद्धारा कर्मचारीद्धोय पंगेनी र खनालाई विदाई तथा सम्मान

0
375
Google search engine

वालिङ, २९ कार्तिक ।
पुर्णामृत माध्यमिक विद्यालय वालिङ १० फुलबारीले विद्यालयमा लामो समयसम्म काम गर्नुभएका कार्यालय सहयोगीद्धोय देविप्रसाद पंगेनी र सालिकराम खनाललाई विदाई तथा सम्मान गरेको छ । २५ वर्ष कार्यालय सहयोगीको रुपमा कार्यरत द्धोय पंगेनी र खनाललाई विद्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मान सहित विदाई गरेको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले विद्यालय परिवारमा लामो समयसम्म कार्यरत रहि विद्यालयलाई उर्जामय बनाउन द्धोय पंगेनी र खनालको महत्वपुर्ण भुमिका रहेको भन्दै आगामी समय सुखद रहोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा द्धोय पंगेनी र खनालले विद्यालयमा २५ वर्षमा कार्य गर्दा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा विद्यालय परिवारको सदभावपुर्ण सहयोग रहेको भन्दै विद्यालयबाट विदाई भएर बाहिरिएपनि विद्यालयप्रति सँधै सकरात्मक भाव रहने बताउनुभएको थियो । कार्यक्रम विद्यालयका व्यवस्थापन समिति सदस्य यमकान्त खनालको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत सहायक प्रअ हरिप्रसाद पंगेनीले गर्नुभएको थियो भने कार्यक्रममा शिक्षकहरु गोपालधन सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक रुक्मागत खनालले गर्नुभएको थियो ।

Google search engine
Google search engine