वालिङ, २९ असोज ।
विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्लामा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ ।स्याङ्जा जिल्लाका विद्यालय तहमा नैतिक शिक्षा लागु, एक पालिका एक संस्कृत पुस्तकालय, संस्कृत भाषा कक्षा सञ्चालन, गीता पुस्तक वितरण अभियान, पृथ्वी जयन्तिमा सार्वजनिक बिदा जस्ता अभियान सञ्चालन गर्दै आएको छ । सोहि अन्तर्गत रहेर संघले पछिल्लो समय गीता वितरण अभियानलाई अगाडि बढाएको छ । विश्व हिन्दु युवा संघले विभिन्न कार्यक्रम राखेर गीता वितरण कार्यक्रम राख्दै आएको छ ।अर्जुन चौपारी गाउँपालिका वडा नं १ स्थित अर्जुन चौपारी चिल्ड्रेन्स एकेडेमीमा गीताको पुस्तक वितरण गरेको छ । कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई गीता पुस्तक वितरण गरेको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।

उहाँले गीता पुस्तक ले हामीलाई दर्शन, नैतिक र धर्मको कुरा सिकाउने हुँदा यो अत्यन्तै महत्वपुर्ण रहेको र हरेक हिन्दुको घरमा गीता पुस्तक अनिवार्य हुनुपर्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा अर्जुन चौपारी वडा नं १ का वडा अध्यक्ष रण बहादुर थापा, विद्यालयका प्रीन्सिपल मेघराज केसि, विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला सदस्य भिम बहादुर रोकाह लगायतको उपस्थित रहेको थियो ।
केहि समय अगाडी संघले श्री पन्चकन्या माविमा समेत गीता वितरण गरेको थियो। यो अभियान तिब्रताका साथ अगाडी बढाईने विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।






