स्याङ्जाको भीरकोटका ४ वडामा स्मार्ट स्प्रेअरः इफिशेन्ट टेरस् इरिगेशन इन् नेपाल परियोजना परिक्षण गरिदै

0
168
Google search engine

वालिङ, २७ असोज ।
स्याङ्जाको भीरकोट नगरपालिकामा स्मार्ट स्प्रेअर अर्थात पाखे सिंचाइ सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको सभाहलमा आइतबार स्मार्ट स्प्रेअरः इफिशेन्ट टेरस् इरिगेशन इन् नेपाल परियोजना भीरकोटमा लागू गर्ने सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको हो । नेदरल्याण्ड सरकारको Partners For Water संस्था, PRACTICA र नेपालको जलवायु समानुकुलन अनुसन्धान केन्द्र, पुतलिबजार, १को आयोजनामा कार्यक्रम भएकोे हो ।
कार्यक्रमका अवसरमा बोल्दै भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले पानीको अभाव भएका ठाउँ तथा अनियमित वर्षाका कारण परम्परागत सिँचाइ विधिहरु प्रभावहिन भएको अवस्थामा स्मार्ट स्प्रेअर विधि उपयुक्त हुने र यो कार्य भीरकोटमा हुनु कृषक तथा सिँगो नगरपालिकाको लागि खुशिको कुरा भएको बताउनुभयो । साथै उहाँले यो विधि नगदे तरकारीबाली अन्तर्गत उपयुक्त हुने भएपनी स्याङ्जा सुन्तलाले प्रख्यात जिल्ला भएको र यस प्रकारका वालीहरुमा पनि प्रयोग हुने खालको विधि भएमा अझ राम्रो हुने बताउनुभयो ।
यस परियोजनाले नेपालमा कृषि सम्बन्धी आधुनिक सिँचाई प्रविधिद्वारा सुख्खा मौसममा समेत उचित सिँचाईको प्रयोगले बेमौसमी तरकारी तथा अन्य खाद्यान्न उत्पादनको क्षेत्रमा परिक्षण गर्ने कार्य गर्नेछ । यो परियोजना हिउँदयामको समयमा भीरकोटका ४ वटा वडामा लागु गरिनेछ भने पालिकाले आवश्यक सहजिकरण गर्नेछ । भीरकोटको वडा नं ५, ६, ७ र ८ न. वडा तथा भीरकोटको भाग्योदय माविमा समेत गरेर पहिलोपटक यो कार्यक्रम परिक्षणको रुपमा शुरु हुनेछ ।
कार्यक्रमको सहजिकरण तथा अध्यक्षता समानुकुलन अनुसन्धान केन्द्र स्याङ्जाका अध्यक्ष शंकरप्रसाद लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण लम्साल, भीरकोट नगरप्रवक्त तथा वडा नं १ का वडा अध्यक्ष दिपेन्द्र केसी, ७का वडा अध्यक्ष तारा प्रसाद अर्याल, ८का वडा अध्यक्ष नन्दलाल खनाल, ६का वडा अध्यक्ष रामकाजी अधिकारी, ५ का वडा अध्यक्ष कृष्ण बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

Google search engine
Google search engine