वालिङमा दशैँको नवरात्र अवधीभर भागवत महापुराणम्, हिजो उद्घाटन

0
159
Google search engine

वालिङ, ७ असोज ।
स्याङ्जाको वालिङ, १० भकुण्डे स्थित शिवपार्वती मन्दिरमा बडादशैँको नवरात्र अवधीभर भागवत महापुराणम् गरिनेछ । शिव पार्वती मन्दिर व्यवस्थापन समिति वालिङ, १० भकुण्डेको आयोजनामा हिजो श्रीमद्देवी भागवत् महापुराणम् ज्ञान यज्ञ—२०८२ को उद्दघाटन गरिएको छ । उक्त धार्मिका कार्यको उद्घाटन समाजसेवी तथा शिक्षाविद् तेजप्रसाद काफ्लेले गर्नुभएको हो । यज्ञको उद्दघाटन गर्दै शिक्षाविद् काफ्लेले नवदुर्गा भवानीको शक्तिका बारेमा प्रकाश पार्दै विजयादशमी असुरी शक्तिमाथी दैवी शक्तिको विजयीको रुपमा बडा दशैँ मनाउने गरीएको उल्लेख गर्नुभयो । नारी शक्तिको पुजा, आरधना गर्ने नवरात्रभर आयोजिय यस पूण्य कार्यले सदासर्वदा असत्य माथि जित हासिल गर्ने शक्ति मिल्ने बताउनुभयो ।
दशैँको घटस्थापनाको अवसरमा धार्मिक कार्य ज्ञान यज्ञ गरी समाजमा धार्मिक चेतना फैलाउने प्रयास गरेको महापुराण ज्ञान यज्ञ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खनालले बताउनुभयो । नवदुर्गा मन्दिरमा वर्षेनी गर्दै आएको श्रीमद्देवी भागवत् महापुराण यस पटक विस्तृतरुपमा गर्ने कार्यक्रम अनुसार अगाडि बढिएको भन्दै यो महापुराण विशुद्ध धर्म, संस्कार र संस्कृतिको जगेर्नाका लागि गरिएको खनालले बताउनुभयो ।

Google search engine


महापुराण ज्ञान यज्ञको उद्दघाटन पुर्व कलश यात्राले वालिङ बजार परिक्रमा गरिएको थियो । मन्दिर प्रांगणबाट शुरु भएको कलश यात्रा भकुण्डे, भुम्रे, हस्पिटलचोक हुँदै तल्लो वालिङ, भीआईपि टोल, वालिङ मोड हुँदै केदारनाथ मन्दिरमा पुजाआजा गरी पुनः मन्दिरमा पुगेर यज्ञको उद्दघाटन गरिएको हो । हिजोबाट शुरु भएको ज्ञान यज्ञ १५ गते नवदुर्गा अवधीसम्म चल्नेछ ।
यज्ञमा दैनिक विहान ७ देखि १२ बजेसम्म पूजा, पाठ पारायण हवन गरिनेछ । यसैगरी दुर्गापूजा, शिव भगवानलाई पञ्चामृतद्वारा अभिषेक, गौ तथा कन्या पूजा हुने आयोजकले जनाएको छ । दिनको साढे बाह्रदेखि ४ बजेसम्म श्रीमद्देवी भागवतमहापुराणम् झाँकीसहितको सङ्गीतमय कथा वाचन हुने छ । साँझ ७ देखि ८ बजेसम्म दुर्गा आरती गरेपछि राष्ट्रिय लोक भजन गायक नारायण गौतमसहितका कलाकारहरुबाट भजन किर्तन रहने छ । १४ गते लक्षवर्ती र १५ गते विधिवत यज्ञ समापन गरिने छ । यज्ञका लागि नवजागरण संस्था र स्पन्दन युनाइटेड क्लब सहयोगी संस्थाको भूमिकामा रहेका छन् ।

Google search engine