वालिङ, ८ भाद्र ।
स्याङ्जाको भीरकोट नगरपालिका स्थानिय तह क्षमता स्वमुल्याङ्कन (लिजा)मा नगरपालिकाहरुमध्येमा गण्डकी प्रदेशको पहिलो नगरपालिका बनेको छ । आ.व. २०८०–८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरीएको अन्तिम गुणस्तर परीक्षण पश्चात गण्डकी प्रदेशका पालिकाहरुमा प्रदेशको दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने नगरपालिकाहरु मध्येमा पहिलो बन्न सफल भएको हो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा ८८.२५ प्रतिशत अंक सहित भीरकोट नगरपालिका द्वितीय भएको हो । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका क्षेत्रमा गरिएको मूल्याङ्कनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको नतिजा अनुसार भीरकोट नगरपालिका गण्डकी प्रदेशमै उत्कृष्ट देखिएका हो ।





