साहित्यकार न्यौपानेको ‘सिरौला’ कृति पाठकमाझ आउँदै

0
134
Google search engine

वालिङ, २४ साउन ।
साहित्यकार एवम युवा कवि पारिश्वर न्यौपाने (रामु) को पहिलो कृति ‘सिरौला’ भदौ अन्तिम साता पाठकमाझ आउने भएको छ । स्याङ्जाको वालिङ, १३ मा जन्मिनुभएका साहित्यकार न्यौपानको पहिलो कृति ‘सिरौला’ प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । यसअघि विभिन्न अनलाइन मिडिया तथा पत्रिकाहरुमा आफ्ना लेख तथा रचनाहरु प्रकाशन भएपनि कृतिको रुपमा पहिलो पटक ‘सिरौला’ कविता पाठकमाझ ल्याउन लागेको साहित्यकार न्यौपानेले बताउनुभयो ।
न्यौपानेले ‘सिरौला’ कृतिलाई चार खण्डमा प्रस्तुत गरेको जानकारी दिनुभयो । ‘सिरौला’ कविताको एक खण्डमा जीवनानुभूति जहाँ मानवीय भावाना तथा जीवनका अनुभवहरु समेटिएको छ । यस्तै अन्य तिन खण्डमा प्रेमानुभूति जहाँ मायाप्रेमका भावना तथा भोगाईहरु समेटिएको छ भने समानुभूतिमा समयका कारण निम्तिएका दुःख सुखका पलहरु र समाजानुभूतिमा समाजमा हुने गरेका विषयवस्तुहरुलाई समावेश गरेर सुन्दर कृति सिरौलाको रचना गरिएको उहाँले बताउनुभयो ।
साहित्यकार न्यौपानेका अनुसार ‘सिरौला’ नेपाली समाजमा प्रयोग गरिने एउट टिपीकल शब्दलाई कृतिको नाम दिएको र ‘सिरौला’ को स्वाद जसरी नै कृतिलाई विभिन्न खण्डबाट वर्णन गर्न खोजिएको छ । ‘सिरौला’ बजारमा आउन लाग्दा न्यौपानेले निकै लामो समयपछिको मेहनतले पक्कै सफलता पाउनेमा विश्वस व्यक्त गर्नुभएको छ ।

Google search engine
Google search engine