
वालिङ, २४ साउन ।
वालिङमा १६औँ तीज मेला तथा नगरस्तरीय तीजगीत प्रतियोगिता हुने भएको छ । यहि श्रावण ३१ गते वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा तीज मेला तथा तीजगीत प्रतियोगिता हुने भएको हो । महिला उद्यमी विकास समितिले हरेक वर्ष तीज विषेश तथा प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ ।
मौलिक तीजगीतलाई संरक्षण गर्दै तीज पर्व महिला दिदिबहीनीहरुबीच एकआपसमा आत्मीयता अभिवृद्धि गर्दै मनाउने परिपाटीको विकास गर्न महिला उद्यमी समितिले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको समितिका अध्यक्ष मन्जु केसीले बताउनुभयो ।

वालिङ सिटिहलमा हुने प्रतियोगितामा तीजको मौलिक भाका, उद्यमशीलता विकास, महिला आत्मनिर्भरता हुने, सामाजिक सद्भाव बढाउने खालका गितहरुलाई प्राथामिकता दिईनेछ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले २० हजार, १५ हजार, १० हजार, ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।




