बालकल्याण आविमा पोशाक तथा शैक्षिक सामाग्री वितरण

0
290
Google search engine

वालिङ, ४ साउन ।
स्याङ्जाको चापाकोट नगरपालिका १० बारिकुना स्थित बालकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल शिक्षा स्वास्थ्य तथा वातावरण (निम) द्वारा विद्यालय र विद्यार्थीका लागि सहयोग कार्यक्रम अन्तर्गत विद्यालयका ४० जना विद्यार्थीहरुलाई आइतबार पोशाक, झोला शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा बोल्नुहुँदै चापाकोट नगरप्रमुख देवबहादुर खाँण ईश्वरले यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई अध्ययनमा थप टेवा पुग्ने भन्दै निम संस्था प्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले निम संस्थाले चापाकोटमा विभिन्न प्रकारका सहयोेग गर्दे आईरहेको र आगामि दिनमा समेत सहयोगको अपेक्षा राख्नुभयो ।
उक्त संस्थाले विद्यालयका लागि विभिन्न सामाग्री प्रदान गर्नुका साथै विद्यालयमा रङ्गरोगन तथा मर्मत सम्भारका कार्यक्रम समेत गरेको थियो । उक्त कार्यक्रमको समेत आज समापन गरिएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका प्रध्यानाध्यापक शोभा भट्टराईले गर्नुभएको थियो ।

Google search engine
Google search engine