वालिङ, १३ मा शिव महापुराण कथा तथा तण्डुलाचल ज्ञान महायज्ञ सुरु

0
273
Google search engine

वालिङ, २ साउन ।
स्याङ्जाको वालिङ १३ पाठेखोलास्थित शिव पार्वत त्रिवेणी धाममा बिहीबारदेखी शिव महापुराण कथा तथा तण्डुलाचल ज्ञान महायज्ञ सुरु भएको छ । शिव पार्वती त्रिवेणी धाम मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने महायज्ञ साउन महिनाभर एक महिना सञ्चालन हुने भएको हो ।
महायज्ञको आज उद्घाटन गर्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले महायज्ञबाट संकलन भएको रकमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले महायज्ञले राखेका लक्ष्य र उद्देश्यहरु पूरा गर्नकालागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Google search engine


कार्यक्रममा नेपाली काँग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमाले नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, राप्रपाका प्रतिनिधि शोभा गैह«े लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


महायज्ञ उद्घाटन हुनुपूर्व महायज्ञ मुल आयोजक समिति, स्थानीय वासी, धर्मानुरागी महानुभावहरुलगायतको उपस्थितिमा कलश यात्राले परिक्रमा गरिएको थियो ।
महायज्ञमा कथा वाचक पण्डित प्रकाश तिवारीले आफ्नो धर्म, संस्कृतिको संरक्षणका लागि साउन महिना भरी महायज्ञको आयोजना गरिएको बताउनुभयो ।
साउन महिना शिव भगवानको प्रिय महिना भएकाले यो पुण्य धाममा महिनाभरी कथावाचनसहित तण्डुलाचल महायज्ञ गर्न लागिएको उहाँले बताउनुभयो । आसुतोष भगवानलाई छिटै प्रशन्न हुने पूजा आराधनासहित पुकार गरियो भने धर्म, अर्थ काम मन्दिर सञ्चालन एवम् दैनिक पूजा आराधनासहितको व्यवस्थापकीय क्षेत्रमा आर्थिक सहयोग पुगोस् भनेर पनि महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष दीपेन्द्र गैह«ेले बताउनुभयो ।
पवित्र महायज्ञमा उपस्थित भएर पुण्यलाभ लिनका लागि पनि उहाँले श्रद्धालु भक्तजनहरुमा आग्रह गर्नुभएको छ । महायज्ञमा पाठ पारायण, सङ्गीतमयरुपमा कथावाचन, लोक भजनगीत प्रतियोगिताको साथमा चर्चित भजन गायक गायिकाहरुद्वारा दैनिक भजन किर्तन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
महायज्ञ मुल आयोजक समितिका अध्यक्ष दीपेन्द्र गैह«ेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सचिव यज्ञप्रसाद पाठकले गर्नुभएको थियो भने स्वागत मन्दिरका सल्लाहकार जगदीशप्रसाद गैह«ेले गर्नुभएको थियो ।

Google search engine