लापसे गरी सवारी चलाउने दुई जना कारवाहीमा

0
77
Google search engine

वालिङ, ३२ असार ।
लागु पदार्थ सेवन गरी सवारी चलाउने दुई जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कारवाही गरेको छ । सडक दुर्घटनालाई न्यूनिकरण एवम् यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले गत जेठ ६ गतेदेखि सुरु भएको लागु पदार्थ सेवन चेकिङ अभियान अन्तर्गत मंगलबार दुई जनालाई कारवाही गरिएको हो ।

Google search engine

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबाजर १ प्रगतिनगर र पुतलीबजार ४ नागडाँडास्थित सिद्धार्थ राजमार्गमा चेक गरेको हो । चेकजाँचकाक्रममा ग १ ज ६८२७ नम्बरको बलेरो जीप चालक स्याङ्जाको अर्जुनचौपारी ५ काउरे बस्ने २३ वर्षीय गोविन्दबहादुर सुनार र ग १ त ५१३० नम्बरको ट्याक्टर चालक आँधीखोला गाउँपालिका ६ सेतिदोभान बस्ने २६ वर्षीय विशाल दर्जीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । लागु पदार्थ सेवन गरी सवारी चलाएका चालकहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थपी कानूनी कारवाही अगाडि बढाईएको छ ।

Google search engine