संस्कृति र लोककलाको प्रवद्र्धनकालागि पञ्चेबाजा बजाउने तालिम

0
222
Google search engine

वालिङ, २५ असार ।
स्याङ्जाको गल्याङ नगरपालिका १० नं वडाले पञ्चेबाजा बजाउने तालिम दिएको छ । ‘सीप विकास, संस्कृति संरक्षण र समुदाय सशक्तिकरणतर्फ स्थानीय सरकारको अग्रसरता’ भन्ने मुल नारामा कार्यान्वयन गर्दै परम्परागत संस्कृति र लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पञ्चेबाजा बजाउने तालिम दिईएको वडा अध्यक्ष मुक्तिप्रसाद खनालले बताउनुभयो । गल्याङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नं १० का स्थानीय युवा तथा समुदायका सदस्यहरुको सहभागी भएर सीप सिकेका हुन् ।

Google search engine

“विशेष गरी युवा पुस्ताहरुमा बाजा बजाउने रुचि वा आकर्षण कम हुँदै जाँदा हाम्रो कला संस्कार संस्कृति तथा बाजागाजाहरु हराउँदै जान सक्ने भएकाले यसको संरक्षण प्रवद्र्धनकालागि तालिम दिएका हौं” उहाँले भन्नुभयो, “अघिल्लो पुस्ताले बजाउँदै आएका बाजा तथा सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुकासाथै ब्यावसायिक प्रयोगमा जोड दिएका हौं, आशा छ भोलिका दिनमा यसको उपलब्धी राम्रो देखिने छ ।”

स्थानीय सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने, युवा पुस्तामा मौलिक सीपको विकास गर्ने, सामाजिक कार्यक्रम तथा जात्रा पर्वहरुमा स्वदेशी बाजाको प्रयोगमा जोड दिंदै परम्परागत बाजाको प्रवद्र्धन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

वडा नं १० का लाखुडाँडा, बाँसपानी लगायतका टोलका मगर समुदायका युवाहरुको मागका आधारमा पञ्चेबाजा बजाउने सीप सिकाईएको हो । तालिममा पञ्चेबाजा अन्तर्गतका विभिन्न बाजाहरु बजाउन युवा तथा सहभागीहरुलाई सिकाईएको तालिमका प्रशिक्षक खिमबहादुर थापाले बताउनुभयो ।
“पञ्चेबाजा अन्तर्गत रहेका विभिन्न बाजा बजाउनेसम्बन्धी सीप दश दिनसम्म सिकायौं” उहाँले भन्नुभयो, “सहभागीहरु निक्कै उत्साहित देखिनुभएको छ, यहाँ सिकेको सीपको प्रयोग गर्दै जाँदा थप निखारता आउने र ब्यावसायिकरुपमा अगाडि बढ्न पनि सहज हुन्छ ।”

आफ्नो गाउँ ठाउँमा हुने परम्परागत एवम् सांस्कृतिक कार्यक्रमहरुमा टाढा टाढाबाट पञ्चेबाजाको समूह बोलाएर बजाउनुपर्ने बाध्यता रहेकोमा अब स्थानीय गाउँमै रहेका युवाहरुले बजाउन सक्ने भएका हुन् ।

Google search engine