स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित

0
137
Google search engine

वालिङ, २५ असार ।
कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकहरुलाई मंगलबार सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको ‘उत्कृष्ट कृषक पुरस्कार’ कार्यविधिका आधारमा स्याङ्जामा चार जना कृषकरुलाई सम्मान गरिएको हो । जिल्लाभित्रका विभिन्न भागमा वर्षौंदेखि कृषिलाई नै ब्यावसायिकरुपमा अगाडि बढाउँदै आउनुभएका नमूना कृषकहरु छनोट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी बिकास बिकले बताउनुभयो ।

Google search engine

सम्मानित हुनेहरुमा फलफूल खेती (सुन्तला) तर्फ अर्याल अर्गानिक एग्रोफर्म पुतलीबजार नगरपालिका १० का सञ्चालक रामबन्धु अर्याल, मौरीपालनतर्फ आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्र वालिङ ११ का श्यामप्रसाद अर्याल, मिश्रित खेतीतर्फ पित्लेक कालिका कृषि फर्म वालिङ ५ का सञ्चालक हुमनाथ लामिछाने र खाद्यान्न तथा बीउ उत्पादनतर्फ चन्द्रकान्त डुम्रे कृषि फर्म गल्याङ ११ का सञ्चालक चन्द्रकान्त डुम्रे रहनुभएको छ । कृषकहरुलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनही रु. दश हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

कृषि ज्ञान केन्द्र स्याङ्जाले गएको साउनमा कृषक सम्मानकालागि आवेदन दिनेसम्बन्धीको सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा जिल्लाभरीबाट १३ जना कृषकहरुले आवेदन दिनुभएको उहाँले बताउनुभयो ।
“कार्यालयले कृषक सम्मानकालागि सूचना प्रकाशन ग¥यौं, सोही सूचनाका आधारमा १३ वटा कृषक, समूह, फर्महरुबाट आवेदन प्राप्त भयो” उहाँले भन्नुभयो, “प्राप्त भएका आवेदनहरुको आधारमा मूल्याङ्कन गर्दा चार जना छनोट हुनुभएको हो ।” कृषकहरुलाई छनोट गर्दा विधागतरुपबाट प्रतिनिधित्व हुने गरी छनोट गरिएको हो ।

यसै वर्षबाट उत्कृष्ट कृषक सम्मान कार्यक्रम कार्यान्वयन भएको हो । यसवर्ष सम्मानित हुनुभएका कृषकहरु आगामी वर्षमा पुरस्कृत हुन नपाउने कार्यविधिमा उल्लेख रहेको उहाँले बताउनुभयो । विधागतरुपमा सम्मानित कृषकहरु जिल्लाकै नमूना कृषककोरुपमा पहिचान बनाउनुभएको छ । उहाँहरुको आम्दानीको मुख्य स्रोत ब्यावसायिक कृषि नै हो । लामो समयदेखि ब्यावसायिक कृषि कर्ममा रमाईरहनुभएका वालिङ ५ का ब्यावसायिक अगुवा कृषक हुमनाथ लामिछानेले सम्मानित हुन पाउँदा खुसी लागेको बतउानुभयो । कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको सम्मानले भोलिका दिनमा कृषि कर्मप्रति लाग्न थप उर्जा मिलेको उहाँको धारणा थियो ।

Google search engine