आरती कुँवर
वालिङ, १५ असार ।
स्याङ्जाको वालिङ वडा नं. ५ स्थित महेन्द्र माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परिक्षा (एसईर्ई)मा उतिर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको छ । विद्यालयले आईतबार एक कार्यक्रमको आयोजना गरी महेन्द्र माविबाट २०८१ सालको एसर्ईई परिक्षामा उतिर्ण भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा आधारभुत कम्प्युटर तालीमको प्रमाणप्रत्र प्रदान गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ५ नं का वडा अध्यक्ष छविलाल आलेले एसईई परिक्षामा उतिर्ण हुनुभएका विद्यार्थी भाईबैनीलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुको सुविधाको लागि हरपल प्रयासरत रहेको भन्दै गत वर्ष ३ महिना होस्टेल सञ्चालन गरेको यसको सकारात्मक नतिजा आएका बताउदै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विद्यालयका प्रअ कमलराज लम्सालले विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्नको लागि विद्यालय सँगसँगै परिवारको पनि उत्तिकै हात हुने भएकाले विद्यार्थी लगायत अभिभावकहरुलाई पनि बधाई व्यक्त गर्दै विद्यालयको गरिमा र प्रशासनिक कार्यमा कुनै कन्जुस्याई नगरी विद्यालय र विद्यार्थीको हितमा हरपल खटिरहने बताउनुभयो । मन्हेन्द्र माविबाट यसवर्षको एसईई परिक्षामा २६ जना नियमित र १७ जना पुरक गरी ४३ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमध्येबाट उत्कृष्ट अंक सहित २२ जना नियमित र पुरकतर्फ १४ जना विद्यार्थी उतिर्ण भएका छन् । कार्यक्रम विव्यस अध्यक्ष तथा वडा अध्यक्ष आलेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महेन्द्र माविका संयोजक टेकराज अधिकारीले गर्नुभएको थियो ।






