रोट¥याक्ट क्लब अफ वालिङको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

0
372
Google search engine


वालिङ, ९ असार ।

Google search engine

रोट¥याक्ट क्लब अफ वालिङको आयोजना, वालिङ नगरपालिका र राष्ट्रिय माध्यमिक विद्यालय वालिङ, ६ को सहआयोजनामा “स्मार्ट सिटी निर्माणमा युवाको भूमिका” विषयमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा भुम्रे माध्यमिक विद्यालय वालिङ, ९ भुम्रेकी तोलाकुमारी एस.के प्रथम हुनुभएको छ । यस्तै उपल्लो पेखु मावि वालिङ १४ की समृद्धि पौडेल द्वितीय र राष्ट्रिय मावि वालिङ ६ आमडालीकी निशा चौवे तृतीय हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ः ३ हजार, २ हजार र १ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।


कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरुको बौद्धिक विकासमा यसप्रकारका कार्यक्रमहरुले ठूलो महत्व राख्ने बताउनुभयो । उहाँले यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने धारणा ब्यक्त गर्नुभयो ।


कार्यक्रममा वालिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्याम नारायण काफ्ले, वडा सदस्य नम्रता थापा, राष्ट्रिय मावि आमडालीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद पाण्डे, रोटरी क्लबका अध्यक्ष गणेश राउत, विद्यालयका प्रध्यानाध्यापक छविलाल अर्याललगायतले मन्तव्य राख्नुभएको थियो ।
रोट¥याक्ट क्लब अफ वालिङका अध्यक्ष बिना रेग्मीले क्लबले विशुद्ध सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनहरुमा समेत समाजमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो । रोट¥याक्ट क्लब अफ वालिङका अध्यक्ष बिना रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव आयुष्मा काफ्लेले गर्नुभएको थियो ।

Google search engine