जगदीश भुषाल बचाउ अभियान, ७ लाख रकम जम्मा

0
226
Google search engine

आरती कुँवर
वालिङ, २० जेठ ।
स्याङ्जाको वालिङ, ९मा स्थापना भएको नेपाल स्वयंसेवक सञ्जालले जगदीश भुषाल बचाउ अभियानबाट ७ लाख रकम जुटाएको छ । वालिङ, ९ भुषालथोक निवासी जगदीश भुषालको दुवै मृगौला फेल भएको खबर पश्चात सञ्जालले १० दिने जगदीश भुषाल बचाउ अभियान सञ्चालन गरेको नेपाल स्वयंसेवक सञ्जालका अध्यक्ष गोविन्द गैह्रे गोपलले बताउनुभयो । उक्त अभियानबाट सोमबार सम्म ७ लाख २५ हजार ४ सय ५४ रुपैयाँ रकम जम्मा भएको उहाँले बताउनुभयो । सामाजिक सेवा भावले स्थापना गरेको सञ्जालले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अभियान चलाएको थियो ।
सहयोगि मनहरुले स्वेच्छिुक रुपमा नगद सहयोग गरेको तथा सञ्जालमा आबद्ध व्यक्तिहरुले स्वदेश एवम् विदेशबाट समेत अभियान चलाएको उहाँको भनाई छ । १० दिने अभियान बुधबार सकिएसंगै सबै उठेको रकम जम्मा गरि वालिङ नगरपालिकाका जनप्रतिनिधि मार्फत छिट्टै बिरामीका परिवारलाई रकम हस्तान्तरण गरिने अध्यक्ष गैह्रेले बताउनुभयो । यस्तै रकम आउने क्रम जारी रहेको र १० दिने अभियान सकिएपश्चात बिरामीको खातामा सिधै जम्मा गर्न सकिने समेत उहाँले जानकारी दिनुभयो ।
३६ वर्षिय भुषालको दुवै मृगौला फेल भएपछि हाल १५ दिन अघिदेखी काठमाण्डौ टिचिङ हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारको लागि आर्थिक अभाव भएपछि यस अभियान मार्फत रकम संकलन गरिएको हो । भुषालको आमा, श्रीमती, भाई तथा दुई छोरा हुनुहुन्छ । भुषाल रोजगारीको शिलशिलामा दुबैमा हुनुहुन्थ्यो र केही समय अगाडी नेपाल आउनुभएको थियो ।
नेपाल स्वयंसेवक सञ्जाल वि.सं.२०७८ जेठ २२ गते स्थापना भएको थियो । स्थापनाको छोटो समयमा नै सञ्जालले सामाजिक सेवालाई निरन्तर अगाडी बढाउदै लगेको छ ।

Google search engine
Google search engine