चापाकोटमा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न, बैडी माविकी आरती प्रथम

0
373
Google search engine



वालिङ,६ जेठ । गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानिय तहका बालबालिका बीच सिर्जनात्मक लेखन प्रतियोगितालाई भइरहेको छ । कार्यालयले मंगलबार चापाकोट नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीहरुबीच “विद्यालयमा अभिभावको भूमिका” शिर्षकमा सो प्रतियोगिता आयोजना गर्दा वैडी मा.वि.की छात्रा आरती बस्यालले ले प्रथम स्थान हासिल गरेकी छन् । त्यस्तै उक्त प्रतियोगितामा जनज्योती मा.वि का छात्र विकास खाम्चाले द्धितीय स्थान र जनहित मा.वि. की छात्रा अनुष्मा ज्ञवालीले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन् । प्रतियोगितामा गंगालाल मा.वि. का विमर्श आचार्यले सान्तवना स्थान हासिल गरेका छन् ।
बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुऱ्याउन, तार्किक क्षमताको विकास गर्न र बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रम समावेश गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ। विद्यालयले छनौट गरेका विद्यार्थीहरु बीच स्याङ्जाको ११ वटै स्थानीय तहमा प्रतिस्पर्धा हुनेछ र प्रत्येक पालिकाबाट छनौट भएका उत्कृट तीन भित्र पर्न सफल विद्यार्थीहरु बीच जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । सबै स्थानीय तह र जिल्लामा हुने प्रतियोगिताको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा समाजिक विकास कार्यालय स्याङ्जाले नै गर्ने भएको छ ।

Google search engine
Google search engine