आरती कुँवर
वालिङ, ५ जेठ ।
चापाकोटमा दुईदिने उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ । चापाकोट नगरपालिका वडा नं १ को आयोजनामा क्षमता अभिवृद्धि कृषक कार्यक्रम अन्र्तगत ४५ जनालाई उद्घोषण तालिम प्रदान गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै चापाकोट वडा नं १ का वडा अध्यक्ष भुपराज वस्तिले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागिलाई आग्रह गर्नुभयो । साथै उहाँले विकास भनेको पुर्वाधारको विकास हुनु मात्र नभई मानवको चेतानको विकास हुनु पनि एक प्रकारको विकास भएकाले वडामा चेतनामुलक कार्यक्रमहरु गर्दै आएको र यो वर्ष उद्घोषण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, प्रशिक्षक रेडियो आँधीखोलाका समाचार प्रमुख कला राना, सहभागिको तर्फबाट प्रशिक्षार्थी पार्वता न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रममा वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले दुई दिने उद्घोषण तालिमको सहजिकरण गर्नुभएको थियो ।
चापाकोट वडा नं १ चौघेरा भानु माविको सभाहलमा गरिएको कार्यक्रम वडा सदस्य याम बहादुर थापाको अध्यक्षता, स्वागत असिस्टेन्ट सब ईन्जिनियर दिनेश रोकय र सञ्चालन वडा सचिव सुरज नेपालीले गर्नुभएको थियो । तालिममा महिला पुरुष गरि ४५ जनाको सहभागिता रहेको थियो ।





