गल्याङमा ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण

0
329
Google search engine

वालिङ, ४ जेठ ।
गल्याङ नगरपालिकाले मौरीको गोलासहितको घार तथा खालि घार वितरण गरेको छ । आइतबार नगरपालिकाले मौरीपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा मौरीको घार तथा मौरी गोलासहितको घार वितरण गरेको हो । कार्यक्रममा कुल २ सय ३० वटा मौरीका घार वितरण गरिएको छ । गल्याङ नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रममा आधारित रहेर ५० प्रतिशत अनुदानमा १५५ मौरीसहितको घार र ७५ खाली घार वितरण गरिएको गल्याङ नगरपालिकाले जनाएको छ ।

Google search engine


कार्यक्रममा गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले ‘एक घर एक मौरी’ नीति सफल बनाउँदै मौरी पालनलाई व्यवसायिक बनाउने लक्ष्य अनुसार किसानलाई यसअघी मौरीपालन सम्बन्धी तालिम प्रदान गरिएको साथै अहिले मौरीगोला तथा खालि घार वितरण गरिएको बताउनुभयो । उहाँले गल्याङ मौरीपालनको हिसाबले उच्च सम्भावना बोकेको भन्दै किसानलाई मौरीपालनमा आकर्षित गर्न यो कार्यक्रम ल्याईएको बताउनुभयो । साथै उहाँले यो कार्यक्रमले स्थानीय मौरीजन्य उत्पादनमा वृद्धि गर्नुका साथै कृषकको आयआर्जनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । यसअघि गल्याङ नगरपालिकाले मौरीपालन सम्बन्धी तालिम पनि सञ्चालन गरिसकेको छ ।

Google search engine