वालिङ, २७ वैशाख ,
वालिङ नगरपालिका वडा नं. ५ मा उदघोषण तथा क्षमता विकास तालिम शुक्रबारदेखी शुरु भएको छ । वडा नं. ५ को वडा कार्यालयले महिलाहरुको क्षमता विकासका लागी ३ दिने उद्दघोषण तालिमको आयोजना गरेको हो । महिलाहरुलाई आर्थिक, सामाजिकसंगै व्यक्तिगत विकास पनि आवश्यक रहेको भन्दै वडाले यो खालको तालिमको आयोजना गरेको वडा अध्यक्ष छवि आलेले बताउनुभयो । ३० जनाको सहभागिता रहेको तालिममा शुक्रबार उद्दघोषण सम्बन्धी रेडियो आँधीखोला एफएमका स्टेशन म्यानेजर तोलाकान्त बगाले र रेडियोमा कार्यक्रम सञ्चालन सम्बन्धी आरती कुँवरले सहजीकरण गर्नुभएको थियो । २८ गतेसम्म सञ्चालन हुने तालिममा रेडियोका समाचार संयोजक कला रानाले समेत सहजीकरण गर्नुहुनेछ ।
यसैबीच वडा नं. ५ को आयोजनामा पशु स्वास्थ्य तथा बाँझोपना निवारण सम्बन्धी शिविर सम्पन्न भएको छ । भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जा र वालिङ नगरपालिका पशु शाखाको आयोजनामा शिविरको गरिएको थियो । शिविरमा पशुहरुका लागी औषधी वितरण, गोबर परिक्षण, माटो परिक्षणलगायतका कार्य गरिएको थियो । शिविरमा ७९ जना कृषकहरुले आफ्ना पशुको गोबर परिक्षण, जमिनको माटो परिक्षण गराएका थिए ।