वालिङ, २७ वैशाख ।
नेपाल सरकारका मुख्य सचिव एकनाराण अर्याल स्याङ्जा आउँदै हुनुहुन्छ । स्याङ्जाका विभिन्न कार्यक्रममा सहभागि हुन मुख्य सचिव सहितको सुरक्षाका उच्च अधिकारीहरु आज स्याङ्जा आउने भएका हुन् । मुख्य सचिव अर्यालसगँ नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा स्याङ्जा आउने सहायक प्रजिअ दिपक पौडेलले जानकारी दिनुभयो ।
सदरमुकाम पुतलीबजारमा नवनिर्मित राष्ट्रिय अनुसन्धान कार्यालय भवनको समुदघाटन मुख्य सचिवले गर्ने कार्यक्रम सहित नेपाल सेना बाहेकको सुरक्षा फोर्सको उच्च नेतृत्व स्याङ्जा आउने भएको हो । भवन उद्घाटन पश्चात् स्याङ्जाको एतिहासिक धार्मिक स्थल पुतलीबजारको सतौचण्डी र वालिङको गह्रौसुर मन्दिर दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।