आरती कुँवर
वालिङ, २५ वैशाख ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापा स्याङ्जा आउनुहुने भएको छ । आगामी जेठ ३ गते स्याङ्जा सिटी हलमा हुन लागेको क्षेत्रिय सम्मेलन कार्यक्रममा महामन्त्री थापा आउनुहुने भएको हो । स्याङ्जामा नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा क्षेत्रिय सम्मेलनको तयारी गरिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री थापाले क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति तुलसीराम रेग्मीले जानकारी दिनुभयो । कार्यक्रममा थापा सहित नेपाली काँग्रेस स्याङ्जाका सभापति एवम् संघीय सांसद राजु थापा, क्षेत्र नं १ अन्र्तगतका पालिका सभापतिहरु लगायतका नेताहरुको समेत उपस्थिती रहने उहाँले जानकारी दिनुभयो ।
जेठ ३ गते शनिबारको दिन आयोजना गरिएको क्षेत्रिय सम्मेलनको तयारीलाई तिब्र परिएको समेत उहाँले जानकारी दिनुभयो । थापाको भ्रमणले स्याङ्जाको राजनीतिक माहोललाई थप उत्साहित बनाउने अपेक्षा गरिएको सभापति रेग्मीले जानकारी दिनुभयो । थापा नेपाली काँग्रेको युवा नेता समेत हुनुहुन्छ ।