वालिङ, २४ वैशाख ।
नेपाल सरकारका पुर्व मन्त्री पद्मा अर्यालले धर्मले समाजलाई अनुशासित बनाउँने बताउनुभएको छ । मंगलबार वालिङमा सञ्चालित श्रीमद्भागवत सप्ताह तण्डुलाचल श्रृंगारिक आरति महायज्ञ धार्मिक अनुष्ठानको समापन समारोहलाई सम्बोधन गर्दै पुर्व मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । यही बैसाख १७ गतेबाट शुरु भएको श्रीमद्मागवत सप्ताहको मंगलबार समापन गरिएको हो । धार्मिक स्वतन्त्रता संविधानले दिएको भन्दै धार्मिक आस्थाले व्यक्तिलाई अनुशासित, मर्यादित र नैतिकवान बनाउने बताउनुभएको हो ।
योगी नरहरी नाथले केदारनाथ नामाकरण गरीदिनुभएको समरण गर्दै वालिङको केदारनाथ मन्दिरमा थप उन्नतिका लागी वालिङबासीको क्रियाशिलता र एकता प्रशंसनीय रहेको पुर्व मन्त्री अर्यालले बताउनुभयो । सनातनी धर्म सबैभन्दा उत्तम धर्म रहेको भन्दै समाजलाई अराजकताबाट सहि मार्गमा डोहो¥याउन धार्मिक आस्थाले महत्वपुर्ण सहयोग पुग्ने बताउनुभएको थियो ।
समापन कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री तथा सांसद सरस्वति अर्यालतिवारीले केदारनाथ मन्दिरको महत्व र मर्म बुझोर महायज्ञको आयोजना गरिएको भन्दै स्याङ्जाका धार्मिक तथा ऐतिहासिक महत्व रहेको स्थलहरुको विकास गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले भारतबाट आउँने पर्यटकलाई वालिङमा रहने वातावरण सृजना गर्न, विश्राम गर्ने, खाना खुवाउने, बासको व्यवस्था गर्ने भवन निर्माण जस्ता पवित्र उद्देश्य पुरा गर्न महायज्ञ सफल भएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश पुर्व सांसद मोहन रेग्मीले धार्मिक अनुष्ठानले पनि विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
कार्यक्रम केदारनाथ मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने, तीर्थयात्रीकालागि आवासको ब्यवस्था गर्ने, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकूलम्) सञ्चालन गर्ने, किरियापुत्री भवन निर्माण गर्ने उद्देश्य उद्देश्यले महायज्ञको आयोजना गरिएको हो । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथा वाचन गर्नुभएको थियो ।
महायज्ञमा दैनिक आरती, भजनकृतनको आयोजना गरिएको थियो । कार्यक्रम महायज्ञ आयोजक मुल आयोजक समितिका संयोजक दिलिपप्रताप खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वति बगाले र सञ्चालन सचिव भुपराज बगालेले गर्नुभएको थियो ।