प्रेस स्वतन्त्रता दिवसमा स्याङ्जाका पत्रकारहरुको स्वास्थ्य परिक्षण

0
177
Google search engine

वालिङ, २१ वैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शनिबार स्याङ्जामा पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको आयोजना, वालिङ नगरपालिकाको सहयोग र गह्रौँ प्राथमिक अस्पताल वालिङको प्राविधिक सहयोगमा गह्रौँ प्राथामिक अस्पतालमा पत्रकारहरुका लागी नसर्ने रोग, आँखा परिक्षण तथा महिला पत्रकाहरुका लागी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो । कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले स्याङ्जाको पत्रकारीता विकास र दक्षताका लागी वालिङ नगरपालिका सधँै साथमा रहेको बताउनुभयो ।
उपप्रमुख तिवारी गैह्रेले भन्नुभयो, “वालिङ स्याङ्जाको केन्द्र हो यहाँको विकासका लागी पत्रकारहरुको सुझावको पनि आवश्यकता पर्दछ । जनप्रतिनिधिले नदेखेका धेरै विषय पत्रकारहरुको आँखाबाट देख्न सकिन्छ । तसर्थ यहाँको विकासका लागी पत्रकारहरुको अमुल्य सुझाव र सल्लाहका साथ हामी अगाडि बढ्नेछौँ ।” वालिङको छुट्टै गरिमा र पहिचान रहेकाले यसको साख बचाउँदै थप उचाईमा पु¥याउन तथा नगरका सकरात्मक कार्यहरुहरुलाई आम नागरिकसमक्ष पु¥याउन र कमीकमजोरी औँल्याउन पनि पत्रकारहरुले भुमिका खेल्ने उपप्रमुख तिवारीको भनाई थियो । कार्यक्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङका अध्यक्ष तथा वालिङ नगरपालिका निर्वतमान प्रमुख दिलिपप्रताप खांणले राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो ।

Google search engine


कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, वालिङ नगरपालिका स्वास्थ्य साखा प्रमुख कमल पाण्डेलगायतले पत्रकारहरुप्रति पछिल्लो समय सामाजिक सञ्जालहरुमा आक्रमण भईरहेको भन्दै यसका लागी पत्रकारिताको छवि पनि स्वस्च्छ राख्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नसर्ने रोगसंगै आँखाको जाँच समेत थप गरेर यो शिविरको आयोजना गरिएको भन्दै सँधै समाज र राष्ट्रको शुसासन र स्वास्थ्यको चिन्ता गर्ने पत्रकारहरुले आफ्नै स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले महिला पत्रकारहरुका लागी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने तथा नसर्ने रोगहरुको परिक्षण गर्ने परिपत्र नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयलाई गरेकाले महासंघ स्याङ्जा साखाले यो शिविरको आयोजना गरेको बताउनुभयो । कार्यक्रम अध्यक्ष कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष माधव गैह्रे र सञ्चालन सहसचिव कला रानाले गर्नुभएको थियो ।
कार्यक्रममा ७ जना महिला पत्रकारहरुको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ, २४ जना पत्रकारहरुले आँखा, मुटु, सुगर, उच्च रक्तचाप, मृगौलाको परिक्षण गराएका छन् । शिविरमा गह्रौँ प्राथामिक अस्पतालका विशेषज्ञ डाक्टर सुमन थपलिया, मेडिकल अधिकृत डा. रोशन रेग्मी, अस्पताल नर्सिङ निरिक्षक भोजकुमारी शर्मा, ल्याब असिष्टेन्ट निरिक्षक इश्वर कोईरालालगायतको टोलीले सेवा दिनुभएको थियो ।

Google search engine