वालिङ, १७ वैशाख ।
वालिङ नगरपालिकाले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सम्बन्धीत संस्था तथा औद्योगिक प्रतिष्ठानलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक कार्यान्वयन गरी सामाजिक सुरक्षा कोषमा सुचिकृत गरि योगदान रकम जम्मा गर्न आग्रह गरेको हो । श्रम रोजगार कार्यालय पोखराले गत चैत्र २७ गते श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, श्रम नियमावली २०७५ योगदानमा आधारित सामाजिक सुरक्षा नियमावलि २०७५ अनुसार निजि क्षेत्रबाट सञ्चालित विद्यालय, सहकारी संस्थाहरु तथा व्यापारिक प्रतिष्ठानहरुमा कार्यरत शिक्षक, कर्मचारी, श्रमिक तथा कामदारहरुलाई न्युनतम पारिश्रमिक अनुसार पारिश्रमीक कार्यान्वयन गर्न गराउन भनि वालिङ नगरपालिकालाई पत्र पठाएको थियो ।
साथै सामाजिक सुरक्षा कोषमा सुचिकृत तथा आवद्ध गराउने दायित्व सम्बन्धीत संस्था तथा प्रतिष्ठानको रहने हुँदा वालिङ नगरपालिका अन्र्तगत संचालित सहकारी संस्थाहरु, संस्थागत विद्यालय तथा व्यापारिक औद्योगिक प्रतिष्ठानहरुलाई सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक कार्यान्वयन नगरेको खण्डमा उक्त सूचना अनुसार कार्यान्वयन गराउन र सामाजिक सुरक्षा कोषमा सुचिकृत तथा आवद्ध गराई योगदान रकम जम्मा गर्न आग्रह गरेको हो ।