जनताको विश्वास जित्न काममा नतिजा देखाउन लागौं ः उपप्रधानमन्त्री सिंह

0
63
Google search engine

वालिङ, १८ वैशाख ।
नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंह श्रेष्ठले बोलेर भन्दापनि कामबाट नतिजा देखिनुपर्ने बताउनुभएको छ । केदारनाथ मन्दिर महायज्ञ मुल समारोह समितिले स्याङ्जाको वालिङमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल श्रृंगारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको हिजो वालिङ खेलमैदानमा उद्घाटन गर्नुहुँदै उहाँले नतिजामुखी काम हुनुपर्नेमा जोड दिनुभएको हो । जनताले बोलीमाभन्दा पनि कामको नतिजामा विश्वास गर्ने भएकाले सबै जनप्रनितिधिहरुले नतिजालाई महत्व दिएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । “विश्वास काम गरेपछिमात्रै हुने हो, कामबाट देखिने कुरा हो” उहाँले भन्नुभयो, “अब बोलेर होईन कामबाट उपलब्धी देखिनुप¥यो तबमात्र जनताले विश्वास गर्छन् ।”

Google search engine

पूर्वाधार निर्माणकाक्रममा तीन वटै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुमा समन्वय र सहकार्य गरेर अगाडि बढ्दै गर्दा विकासले थप गति लिने भएकाले सरसल्लाह गरेर काम गर्न पनि उहाँले सुझाव दिनुभयो । पवित्र उद्देश्य राखेर आयोजना गरिएको महायज्ञको पूर्ण सफलताको कामना गर्नुहुँदै उहाँले महायज्ञले राखेका उद्देश्यहरु पूरा गर्नकालागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु थापा, गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, समाजसेवी एवम् उद्योगी डोलराज शर्मा पंगेनी, गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सभाका पूर्व सदस्य भागवतप्रकाश मल्ल, वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«े, भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुली, खगेन्द्रप्रसाद अर्याल, महासचिव भुपराज बगालेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

धार्मिक एवम् ऐतिहासिक दृष्टिले महत्वको स्थलकोरुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिवधामकारुपमा स्थापित गर्नकालागि महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले बताउनुभयो । “योगी नरहरिनाथद्वारा स्थापित केदारनाथको महत्व र यसको पहिचान उजागर गर्दै एउटा धार्मिक केन्द्रकोरुपमा विकास गर्नुपर्ने देखिएको छ” उहाँले भन्नुभयो, “केदारनाथ पीठकोरुपमा विकास गर्नकालागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरेका हौं ।” वालिङ ८ को वालिङ बजार नजिकै सिद्धार्थ राजमार्गको किनारामै अवस्थित रहेकाले सडक विस्तार गर्दा मन्दिर स्थानान्तरण वा संरक्षण गर्नुपर्ने समस्याकारुपमा देखिएको छ ।

मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने, तीर्थयात्रीकालागि आवासको ब्यवस्था गर्ने, संस्कृत भाषा अनुसन्धान केन्द्र (गुरुकूलम्) सञ्चालन गर्ने, किरियापुत्री भवन निर्माण गर्ने, अन्न क्षेत्र स्थापना गर्ने र आर्थिक संकट मोचनकालागि सवा करोड हवन गरिने उहाँले बताउनुभयो । केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा आजबाट सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुने भएको हो । महायज्ञमा भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथा वाचन गर्नुहुने भएको हो ।

Google search engine