आरती कुँवर
वालिङ, ११ वैशाख ।
गल्याङ, १ रामनदीधाम राम्दीमा अवस्थीत वृद्धाश्रममा नगद सहयोग प्राप्त भएको छ । शिव पार्वती वृद्धाश्रम तथा बहुउदेश्यीय संस्थाद्धारा सञ्चालित जेष्ठ नागरिक आश्रममा रु ७ हजार १० रुपैयाँ नगद प्राप्त भएको हो । वालिङ नगरपालिका ८ बेङतुङ हाल वालिङ–१० पूmलबारी मार्ग निवासी गोपालधन सुवेदीले आफ्ना पितृहरुको सम्झनामा तथा छोरा जीवन सुवेदीको जन्मोत्सवको अवसरमा उक्त वृद्धाश्रममा रहेका वृद्धवृद्धाको लागी एक दिनको भोजन स्वरुप ७ हजार १० रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो । गोपालधन सुवेदीले बिहीबार यमकला सुवेदी, लिलादेवी सुवेदी तथा स्यानीदेवी सुवेदीकोे तर्फबाट उक्त नगद आश्रममै पुगेरआश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठलाई प्रदान गर्नुभएको हो ।