अकला आवाजद्धारा स्याङ्जाको विकासमा मिडियाको भुमिका विषयक अन्तरक्रिया

0
238
Google search engine

वालिङ, ६ वैशाख ।
स्याङ्जाको वालिङमा अकला आवाज राष्ट्रिय साप्ताहिकले स्याङ्जाको विकासमा मिडियाको भुमिका विषयक अन्तरक्रिया, सञ्चारकार्मी सम्मान तथा वि.सं. २०८२ को क्यालेण्डर लोकार्पण गरेको छ । कार्यक्रमका अवसरमा स्याङ्जा जिल्लामा क्रियाशील ३ जना अग्रज पत्रकारहरूलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवम् पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष एवम् गोरखापत्रकर्मी अर्जुन काफ्ले र पत्रकार महासंघ स्याङ्जाका सचिव एवम् प्रेस चौतारी स्याङ्जाका निवर्तमान अध्यक्ष, नेपाल टेलिभिजनकर्मी हरिप्रसाद सुवेदी (शुशील) लाई नगद, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

Google search engine


यस्तै सञ्चारिका समुह स्याङ्जामा नवनिर्वाचित कार्यसमिति, निर्वतमान अध्यक्ष तथा सल्लाहकारलाई समेत सम्मान गरिएको थियो ।

अन्तरक्रिया तथा लोर्कापण कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेश सांसद तथा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले पत्रकारिता क्षेत्रले नेपालका हरेक आन्दोलन सफल बनाउन महत्वपर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले पत्रकार माथि पछिल्लो समय आक्रमण बढिरहेको बताउँदै विभिन्न आरोपका बावजुद पनि पत्रकारले देशमा शुसासन कायम राख्न तथा जनताको आवाजहरु उठाउन तत्पर रहेको भन्दै सम्पुर्ण पत्रकारहरुप्रति सम्मान भाव प्रकट गर्नुभएको थियो ।


अन्तरक्रिया एवम् वार्षिक क्यालेन्डर लोकार्पण कार्यक्रममा गण्डकी प्रदेशका पुर्व विधायन समितिका सभापति मोहन रेग्मी, वालिङ नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वालिङ चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपाने, नेपाली कांगे्रस नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, सम्मानित पत्रकारहरुको तर्फबाट श्रीकृष्ण सिग्देल लगायतले बोल्नुभएको थियो ।
जिल्लामा क्रियाशील पत्रकारहरू र वालिङका बौद्धिक व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग र स्याङ्जाको कनेक्टीभिटी, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारको गुणस्तरीय विकास भए मात्रै स्याङ्जाको प्राकृतिक, कृषि र पर्यटकीय सम्भावनाको सदुपयोग गरी समृद्धि हासिल गर्न सकिने बताएका थिए ।
अकला आवाज साप्ताहिकका प्रधान सम्पादक प्रकाश डुम्रेले २०६४ देखि पूर्वाधार विकासका सन्दर्भमा अन्य छिमेकी जिल्लाको तुलनामा स्याङ्जा पछाडि परेको हुँदा नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, जनता र बौद्धिक व्यक्तित्वको आवाज एउटै बनाउन अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रम प्रधान सम्पादक डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन आयुष्मा काफ्लेले गर्नुभएको थियो ।

Google search engine