प्रजिअ नेपाललाई फेरि भेटौला कार्यक्रम

0
301
Google search engine

वालिङ, २६ चैत ।
करिब १७ महिनाअघि स्याङ्जा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई कर्मचारी सहित बिभिन्न संघ, संस्थामार्फत फेरि भेटौला कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको समन्वयमा कर्मचारी मिलन केन्द्र सहितका झण्डै एक दर्जन संघसंस्था, नागरिक समाज र पत्रकारका संस्थाले सरुवा भई जान लाग्नु भएका प्रजिअ नेपाललाई मायाको चिनो सहित फेरि भेटौला कार्यक्रम गरेका हुन ।

Google search engine


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, जिल्ला न्यायधीश सरिता रायमाझी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अर्थातं कोष तथा लेखा नियन्त्रक ठमनारायण शर्मा, सचिव अर्थात शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका शाखा अधिकृत सुरेश सुवेदी लगायतले सरुवा भई जान लाग्नु भएका प्रजिअ नेपालले जिल्लाका लागि पुरयाउनु भएका सेवाका बारेमा चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाबासी सबैको साथ र सहयोगले स्याङ्जा बसाई सुखद रहेको बताउनुभयो ।
आउदा दिनमा पनि स्याङ्जाका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रजिअ भएर आउने र जाने भन्ने नियमित प्रक्रिया भएको उहाले भन्नुभयो । कर्मचारी र जनप्रतिनिधिलाई कानूनले दिइएका जिम्मेवारी पुरा गरेमा कोही कसैलाई पनि अफ्ठयारो नपर्ने बताउनुभयो । सेवाभावले काम गरे पुण्य कमाउन सकिने हुदा सबै कर्मचारीलाई सेवाभावले काम गर्न सुझाव दिनुभयो । आफु रहदा बस्दा गरेका केही उल्लेखनीय कामका बारेमा समेत उहाले जानकारी गराउनुभयो । यसैबीच सामाजिक विकासको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै आर्थिक वर्ष २०८१,०८२मा उल्लेख्नीय कार्यहरु गरेकोमा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललाई कदरपत्र प्रदान गरि प्रजिअ नेपालले सम्मान गर्नुभएको थियो ।

Google search engine